तेल उद्योगको मुटुमा आक्रमण: ठूला मुलुकले त जगेडा राखेका छन्, हाम्रो भण्डारण कति छ ? निगम भन्छ: दुई हप्तालाई पुग्ने भण्डारण छ, भारतले सप्लाई रोक्दैन्

सोमवार, भदौ ३०, २०७६

काठमाडौँ– साउदी अरबको तेल प्रशोधन केन्द्रमा शनिबार भएको ड्रोन हमलापछि कच्चा तेलको मूल्यमा वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा सोमबारको कारोबार १९ प्रतिशतले वृद्धि भएको थियो। तेलको मूल्य मात्र होइन तेल अभाव नै हुनसक्ने भय समेत उत्पन्न भएको छ।

यसका लागि हाम्रो तयारी कस्तो छ ? संकट नै भयो भने हाम्रो अहिलेको भण्डारणले कति महिना थेग्छ ? चार वर्ष अगाडीको नाकाबन्दीको अवस्थालाई हेर्ने हो भने हामीसँग खासै भण्डारण क्षमता छैन।

नाकाबन्दीपछि तीन महिनासम्म पुग्ने गरी तेलको भण्डारण गर्ने दावी सरकारी अधिकारीहरुले गरेपनि पूर्वाधार निर्माणमा भने खास प्रगती भएको छैन्। नेपाल आयाल निगमले अहिलेसम्म नेपाललाई पार्ने प्रभावको सम्बन्धमा औपचारिक रुपमा केही पनि बताएको छैन। तेलको आपूर्ती सामान्य अबस्थामा फर्कनको लागि हप्तौ लाग्न सक्ने विज्ञहरुले बताएका छन्।

साउदी अरेविया, अमेरिका, भारत चीन लगायतका धेरै मुलुकले लाखौ व्यारेल तेल रणनीतिक ठाउँहरुमा भण्डारण गरिरहेका छन्। यस्तै अप्रत्यासित अवस्था उत्पन्न हुन्छ भनेर नै ति मुलुकहरूले यस्तो भण्डारण गर्ने गरेका हुन्। तेल आपूर्ती सहज हुने पक्कापक्की नभएसम्म यि मुलुकले आफूसँग निर्भर रहेका मुलुकहरूलाई तेल दिन्छन् नै भन्ने छैन।

लामो समयसम्म यही अवस्था कायम हुने र भण्डारण गरेको तेल सकिएर ति मुलुक नै संकटमा पर्नसक्ने खत्तरा समेत रहेको छ। हामी अहिले पूर्ण रुपमा भारतसँग निर्भर छौं तर लामो समय यो संकट कायम रह्यो भने के भारतले उसको जगेडाबाट हामीलाई प्रदान गर्ला ?

हाकीहाकीसँग कुरा गर्दै नेपाल आयाल निगमका निर्देशक नगेन्द्र झाले अन्तर्राष्ट्रिय स्तरमा तेलको मुल्य बढेमा नेपालमा पनि बढ्ने बताए। उनले भने,‘ भारतले नेपालको सबै तेलको जिम्मा लिएकाले तत्काल आपूर्तीमा समस्या आउँदैन्, लागत चाहि बढ्न सक्छ ।’ उनले हाम्रो भण्डारण कति छ भन्दा पनि भारतले हामीलाई कति सप्लाई गर्छ भन्ने मुख्य विषय रहेको बताए। उनका अनुसार नेपालसँग दुई हप्तालाई पुग्ने तेल जगेडा रहेको छ।

निगमका अर्का निर्देशक दीपक वरालले भने,‘नेपाल पनि अन्तर्राष्ट्रिय बजारमा निर्भर भएका कारण त्यसको प्रभाव नेपालमा अवश्य पर्छ।’ तर उनले विस्तृत रुपमा केही बताउन चाहेनन्। आक्रमण लगत्तै विश्वमा तेलको मुल्य चार बर्ष यताकै उच्च भएको छ। आक्रमणबाट विश्वकै सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्रमा समेत क्षति भएको थियो। आक्रमण लगत्तै प्रत्येक दिन ५.७ मिलियन व्यारेलमा कमी आएको छ जुन विश्वको ५ प्रतिशत सप्लाई हो।

इरानसँग जगेडा तेल रहेको छ तर अमेरिकाले लगाएको प्रतिबन्धका कारण यसले बजार पाउने अबस्था रहेको छैन्। अप्रिल महिना यता इरानको निर्यातमा ५० प्रतिशतले कमी आएको छ। अमेरिकाले आक्रमणको पछाडि इरानको हात रहेको दावी गरेको छ।

आक्रमणपछि इरानले आफूमाथिको प्रतिबन्ध फुकुवा गरेमा बजारमा कुनै पनि अभाव नहुने गरी उत्पादन गर्न तयार रहेको बताएको छ। अमेरिकाको प्रतिबन्धका लागि भेनेजुएलाको तेल उद्योग समेत प्रभावित भएको छ। तर, इरानजस्तो भेनेजुएला धेरै उत्पादन गर्न सक्ने अबस्थामा भने रहेको छैन्।
ब्लूमबर्गका अनुसार २०१८ मा साउदीको सो तेल कम्पनीलार्ई १११ अर्ब डलर नाफा भएको थियो। फोब्र्सका अनुसार २०१८ को तथ्यांकका आधारमा यो विश्वको अधिक नाफामा रहेको कम्पनी हो। यस रिपोर्टको अनुसार २०१७ मा १०० अर्ब डलर कर बुझाएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबको सरकारी स्वामित्वमा रहेको तेल कम्पनी अरामकोको केन्द्रमा भएको ड्रोन हमलापछि कडा प्रतिक्रिया दिएका छन्। ट्रम्पले आक्रमण गर्ने को हो भन्ने आफूलाई थाहा भएको बताए। उनले आक्रमणकारीसँग बदला लिने समेत बताएका छ।

ट्रम्पले भने, ‘साउदी अरेबियाको तेल केन्द्रहरुमा आक्रमण भएको छ। हामी जसलाई दोषी भनिरहेका छौँ त्यसलाई विश्वास गर्ने आधारहरू पनि छन्। हामी साउदीको प्रतिक्रियाको पर्खाइमा छौं कि यसले उक्त हमलालाई कसरी हेरीरहेको छ। त्यसपछि हामी अब के गर्ने निर्णय गर्नेछौं। ’

Facebook Comments