७० वर्षमाथिका नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

काठमाडौँ– नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ।

पूर्ण सरकारी स्वामित्वको एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सबै एयरलाइन्सले छुट दिनुपर्ने भन्दै ‘लबिङ’ गरेका थिए। तर यसमा निजी एयरलाइन्सहरूले भने असहमति जनाएको बताइएको छ।

यसैबीच निगमले दशैंका लागि अग्रिम बुकिङसमेत खुलाएको छ। नेपाल एयरलाइन्सले हाल दैनिक औसत १० उडान गरिरहेको छ।

Facebook Comments