वायुसेवा निगम सुधार कार्यदलले सरकारलाई प्रतिवेदन बुझायो

काठमाडौँ– नेपाल वायु सेवा निगम सुधारका लागि गठित कार्य दलले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।

पूर्व पर्यटन सचिव सुशील घिमिरे संयोजकत्वको पाँच सदस्यीय कार्य दलले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईलाई निगमको सुधारका लागि सुझाव दिन गठित कार्य दलले आफ्नो प्रतिवेदन बुझाएको हो।

प्रतिवेदनमा नेपाल वायु सेवा निगम राष्ट्रका लागि आवश्यक भएको उल्लेख गर्दै त्यसलाई सार्वजनिक कम्पनीको मोडलमा अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याइएको छ। प्रतिवेदनमा निगम पदाधिकारीको नियुक्तीमा सरकारले गरेको कमजोरीका कारण पनि निगममा सुधार हुन नसकेको निष्कर्ष निकालिएको छ।

कार्य दलले निगमको घाटा हाल ५ अर्ब २१ करोड ७६ लाख रहेको तथा ४० अर्ब ऋणको पनि व्ययभार रहेको जनाएको छ। निगमसँग आन्तरिक उडानका लागि नौवटा साना विमान र अन्य चारवटा एयर बस रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । निगमसँग ३ अर्ब ६० करोड ७० लाख जिन्सी सम्पत्ति रहेको पाइएको बताइएको छ।

Facebook Comments