उपत्यकामा बढ्यो दशैँको रौनक (फाटो फिचर)

काठमाडौँ – नेपालीहरूको महान पर्व बडादशैँ शुरु भएसँगै काठमाडौँ उपत्यकामा यसको रौनक बढेको छ। दशैँको शुरुवातसँगै काठमाडौँका चोक चोकमा सामान खरिदविक्री गर्नेको घुँइचो लाग्न थालेको छ। विशेषगरी सुनधारा, न्यूरोड, असन लगायतका विभिन्न स्थानमा दशैँको सपिङ गर्नका लागि सर्बसाधारणको घुइँचो लागेको छ।

त्यसैगरी दशैँका लागि खसीबोका तथा च्याङ्ग्रा खरिद विक्री गर्ने क्रम पनि बढेको छ । काठमाडौँको केही स्थानमा लिंगे पिङ समेत हालिसकिएको छ भने आकाशमा रङ्गीविरङ्गी चंगा उड्न थालेका छन् ।

Facebook Comments