चिनियाँ राष्ट्रपतिको भ्रमणः यस्तो छ वातावरण क्षेत्रको सहमति

काठमाडौँ– दुईपक्षिय उच्चस्तरीय भ्रमण र भेटघाटमा विस्तारै वातावरण संरक्षणका एजेण्डाहरुले समेत प्राथमिकता पाउन थालेको छ ।

केही वर्ष अगाडि सम्म वातावरणको विषयमा सहमति त के उच्च स्तरमा छलफल समेत हुने गरेको थिएन् । चिनियाँ राष्ट्रपति सि जिनपिङको दुई दिने नेपाल भ्रमणको दौरानमा वातावरणका एजेण्डाहरूको बारेमा छलफल मात्र भएन्, संयुक्त वक्तव्यमा समेत वातावरणका धेरै एजेण्डाहरु परेका छन् । जलवायु परिवर्तन र वातावरण एउटा क्षेत्रले गरेर मात्र सम्वोधन हुने विषय होइन्, त्यसका लागि संयुक्त पहलको आवश्यकता छ, अझ छिमेकी मुलुकहरूको विचमा त सहकार्य अपरिहार्य नै छ ।

शुक्रबार सि को सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्री भोजमा उनले जलवायु परिवर्तनको क्षेत्रमा नेपालले उठाएका उपयुक्त मागहरूलाई आफूहरुले समर्थन गर्ने बताए । भ्रमणपछि जारी गरिएको संयुक्त वक्तव्यमा भनिएको छ,‘ जलवायु परिवतर्नको विषयलाई सम्वोधन गर्ने र वातावरण संरक्षणमा सहकार्य वृद्धि गर्ने सहमति भएको छ ।’

सो वक्तव्यमा सगरमाथालाई दुई देशको अनन्त मित्रताको सिम्बोल भएको र सगरमाथाको उचाईको बारेमा संयुक्त घोषणा गर्ने सहमति समेत भएको छ । साथै, सगरमाथाको सम्वन्धमा वैज्ञानिक अध्ययन गर्ने पनि उल्लेख छ तर यो के हो भन्ने स्पष्ट उल्लेख छैन् । विशेषत जलवायु परिवर्तनको असरका कारण सगरमाथा र अन्य हिमालय क्षेत्रमा तिव्र रुपमा हिउँ पग्लीएको विषयलाई नेपालले निकै जोडतोडका साथ उठाईरहेको छ । यसैलाई लक्षित गरेर सरकारले आगामी अप्रिलमा सगरमाथा डाइलगको पनि आयोजना गर्दैछ ।

Facebook Comments