सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना, ६ को मृत्यु,

काठमाडौँ – सिन्धुपाल्चोककाे सुकुटेमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन्।

दोलखाको मागेदेउरालीबाट काठमाडौँ आइरहेको बा २ ख ७२४५ नम्बरको यात्रुवाहक बस सिन्धुपाल्चोकको बलेफी गाउँपालिका स्थित सुकुटेमा सडकबाट करिब सय मिटर तल नदीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा तीन महिला र एक बालकसहित ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक माधव काफ्लेले बताए।

बसमा ४० जना सवार रहेको घाइतेले बताएका छन्। अहिले उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments