लकडाउन जेठ २० गतेसम्म थपियो

काठमाडौ, जेठ ४ (हाकाहाकी)– सरकारले लकडाउन समय जेठ २० गतेसम्म थप्ने निर्णय गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सिफारिसमा मन्त्रिपरिषदको आइतबारको बैठकले उक्त निर्णय गरेको हो । समितिको आइतबार सिंहदरबारमा बसेको बैठक लगत्तै मन्त्रिपरिषदले यो निर्णय गरेको हो । समितिले लकडाउनलाई थप व्यवस्थित बनाउन सिफारिस पनि गरेको थियो ।

समितिका सचिव नारायण बिडारीले लकडाउनलाई थप व्यवस्थित र कडा बनाउन सिफारिस गरेको जानकारी दिनुभएको थियो ।

यसअघि सरकारले जेठ ५ गतेसम्मका लागि लकडाउन लम्ब्याएको थियो । पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको र दुई जना कोरोना संक्रमितको निधन भएपछि लकडाउन समय लम्ब्याइएको र थप कडा गर्ने रणनीति अंगिकार गरिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

सचिव बिडारीका अनुसार जथाभावी सडकमा गरिएका थुनछेक अवरोध हटाउने र सबै स्थानमा प्रहरी परिचालन गनुपर्ने तथा आपूर्ति व्यवस्थालाई थप व्यवस्थित गर्न सिफारिस गरिएको छ । साथै स्थानीय स्तरमा क्वारेन्टाइन थप्न पनि बैठकले सिफारिस गरेको छ ।

Facebook Comments