सोमबार अहिलेसम्मकै धेरै ६२ संक्रमित, कुल संख्या ३५७

काठमाडौ, जेठ ५ (हाकाहाकी)– कोभिड–१९ को संक्रमण सोमबार एकैपटक ६२ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भेरी अस्पतालमा रहेको प्रयोगशालामा ४७ जनामा सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।

यसैगरि उहाँले धुलिखेल अस्पतालको प्रयोगशालामा चार, विराटनगरस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र भैरहवास्थित प्रयोगशालामा एक÷एक गरी कूल ५३ जनामा संक्रमण देखिएको जानकारी दिनुभएको हो । यसअघि बिहान मन्त्रालयले ९ जनामा कोरोना संक्रमण पुष्टि गरेको थियो ।
दिउँसो संक्रमण पुष्टि भएका ५३ जनामध्ये बाँकेका ४६ पुरुष र १ जना महिला, मोरङमा १ पुरुष, गुल्मीका १ पुरुष तथा धुलिखेलमा गरिएको परीक्षणमा धुनषाका १, रौतहटका १, दाङका १ र धादिङका १ जना छन् । सबै सङ्क्रमित १८ देखि ४६ वर्षका रहेका छन् ।

बिहान संक्रमण पुष्टि भएका ९ जनामध्ये रौतहटमा ८ जना र बारामा १ जना छन । योसँगै सङ्क्रमितको कुल ३५७ जना पुगेको छ । यसमध्ये पुरुष २९८ र महिला ५९ जना छन् ।
अहिलेसम्म ३१ जिल्लामा सङ्क्रमण देखिएको छ । प्रदेश नंं १ मा ४० जना, प्रदेश नंं २ मा १३२ जनामा र वाग्मती प्रदेशमा १८ जनासङ्क्रमित रहेका छन । त्यस्तै, गण्डकी प्रदेशमा तीन जना, प्रदेश नंं ५ मा १५९ जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना सङ्क्रमित रहेका छन् ।

कर्णाली प्रदेशमा भने अहिलेसम्म सङ्क्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको छ । प्रवक्ता डा. देवकोटाका अनुसार पिसिआर विधिबाट ३० हजार ७२३ जना र आरडिटी विधिबाट ६९ हजार ५६० जनामा परीक्षण गरिएको छ ।

यसैगरी कोभिड–१९ को कारणले मृत्यु भएका सिन्धुपाञ्चोककी महिलाको नजिक रहेकोका १७० जनाको नमूना सङ्कलन गरेर कन्ट्रयाक ट्रेसिङको कार्य भइरहेको छ । डिपार्टमेन्ट अफ कम्युनिटी मेडिसिन र सेन्टर डिपार्टमेन्ट अफ पब्लिक हेल्थ टिचिङ अस्पतालले उनीहरुको कन्ट्याक्ट टे«सिङ गरिरहेको छ ।

सङ्क्रमितको स्थायी र हालको ठेगानाका आधारमा ‘कन्ट्रयाक टे«सिङ’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरिरहेको छ ।

Facebook Comments