बुटवलको एन्फा टेक्निकल सेन्टरलाई आईसोलेसन वार्ड बनाइने

काठमाडौ, जेठ ६ (हाकाहाकी)– रुपन्देही जिल्ला फुटबल संघले बुटवलको एन्फा टेक्निकल सेन्टरलाई कोरोनाबाट संक्रमितको उपचार गर्ने आईसोलेसन वार्ड बनाउन दिने भएको छ ।

प्रदेश सरकारको अनुरोधलाई स्विकार गर्दै जिल्ला फुटबल संघले बुटवलको एन्फा एकेडेमीलाई आईसोलेसन वार्ड बनाउन दिने भएको हो ।

प्रदेश नम्बर ५ मा कोरोनाबाट संक्रमितको संख्या बढेसंगै प्रदेश सरकारले बुटवल ११ स्थित देवीनगरमा रहेको एन्फा एकेडेमीको भवनलाई आईसोलेसनको रुपमा प्रयोग गर्ने प्रस्ताव गरेको थियो ।

प्रदेश सरकारको अनुरोधलाई स्विकार गर्दै टेक्निकल सेन्टरको भवनलाई कोरोना सक्रमितको उपचार गर्ने आईसोलेसनका लागि प्रयोग गर्न दिने सहमती बनेको एन्फा केन्द्रिय सदस्य तथा जिल्ला फुटबल संघका अध्यक्ष दिर्घबहादुर केसीले बताउनुभएको हो ।

एकेडेमीलाई आईसोलेसन वार्डको रुपमा प्रयोग गर्न दिने गरि प्रदेश सरकार, स्थानीय प्रशासन र जिल्ला फुटबल संघबीच सहमती बनेको छ । टेक्निकल सेन्टरमा ३२ वटा कोठा रहेका छन् । एकेडेमीमा तत्काल ३२ जनालाई आईसोलेनमा राख्ने उपचार गर्न सकिने छ ।

एकेडेमीको क्षमता विस्तार गरेर ६४ जनालाई आईसोलेसनमा राखेर उपचार गराउने तयारी प्रदेश सरकारले राखेको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

Facebook Comments