मंगलबार २७ संक्रमित, उपत्यकामा मात्र ५ जना

काठमाडौ, जेठ ६ (हाकाहाकी)– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं उपत्यकामा मात्र पाँच जनामा पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा तीन, भक्तपुरमा एक र ललितपुरमा एक जनामा संक्रमण देखिएको हो ।

यसैगरी झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका हुन् । उनीहरूको स्थायी बसोबास र कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार अब कोरोनाभाइरसको संक्रमण ३६ जिल्लामा पुगेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ भने ३७ जना निको भएर घर फर्किसकेका छन् ।

Facebook Comments