भारतमा २४ घण्टामा ५ हजार ६ सय संक्रमित, अहिलेसम्मकै सबैभन्दा धेरै

काठमाडौ, जेठ ७ (हाकाहाकी)– भारतमा २४ घन्टा यता अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

एएनआई समाचार संस्थाका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ६११ जना संक्रमित भेटिएका हुन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख ६ हजार ७५० पुगेको छ । त्यसैगरी भारतमा गएको २४ घण्टामा १४० जनाको मृत्यु भएको छ ।

त्यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ३ हजार ३०३ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् । त्यहाँ कोरोना भाइरसबाट संक्रमित कूल व्यक्तिमध्ये ४२ हजार २९८ जना अस्पतालहरुबाट डिस्चार्ज भइसकेका छन् भने ६१ हजार १४९ जना उपचारका क्रममा रहेका छन् ।

Facebook Comments