अमेरिका बुधबारबाट आंशिक खुल्ने

काठमाडौ, जेठ ७ (हाकाहाकी)– अमेरिकाका सबै राज्य बुधबारदेखि आंशिक रुपमा खुल्ने भएका छन् ।

कोरोनाको प्रकोप अहिलेसम्म पनि टरेको छैन । अमेरिका कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्र हो । यसबीचमा अमेरिकाका सबै राज्यहरुको रेस्टुरेन्ट तथा खाद्य पसलहरु खुला हुन लागेको सीएनएन समाचार संस्थाले जनाएको छ ।

जर्जिया र टेक्सास राज्यले कोरोनाविरुद्ध अपनाइएको उपायहरु हटाउने योजनामै छ भने अरु राज्य न्युयोर्क, क्यालिफोर्निया, पेनसेल्भिनिया आशिंक रुपमा शहर खुलाउने योजनामा छन् ।
विज्ञहरुले कोरोनाको खतरा नटरेको बताइरहँदा अमेरिकी राज्यहरु भने खुला हुन लागेको समाचारमा उल्लेख छ । यी राज्यहरुमा मास्क लगाउने, शारीरिक दुरीको नियम पालना गर्नुपर्ने विषय भने बाध्यकारी बनाइएका छन् ।

Facebook Comments