भारतमा कोरोना भाइरसको खतरा टरेको छैन

काठमाडौ, जेठ १० (हाकाहाकी)– भारतमा कोरोना भाइरसको खतरा अहिलेसम्म पनि टरेको छैन ।

यसबीचमा आउने दश दिनभित्र भारतमा २६ सय रेल चल्ने भारतीय अधिकारीहरुले बताएका छन् । भारतमा गएको २४ घण्टामा हालसम्मकै बढी संख्यामा कोरोना संक्रमित थपिएका छन्।

त्यहाँको स्वास्थ्य मन्त्रालयले आज ६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएको बताइरहँदा भारतीय रेलवे बोर्डले आउने दश दिनभित्र २६ सय रेल चल्ने र ३६ लाख यात्रुलाई आफूहरु यात्रा गराउन सफल हुने उल्लेख गरेका छन् ।

राज्य सरकारले चाहेको खण्डमा सबै रेल स्टेसनमा रेल सेवा उपलब्ध गराउने पनि बोर्डले जनाएको छ ।

भारतले यसअघि दिल्लीबाट चल्ने रेल सेवा संचालनमा ल्याइसकेको छ। आउने सोमबारबाट त्यहाँ आन्तरिक उडान पनि सुचारु हुँदैछ । पछिल्लो समय भारतमा कोरोना संक्रमित झनै बढ्दै गएको छ तर भारतमा लकडाउनको नियम भने खुकुलो हुँदै गएको छ।

Facebook Comments