कोरोनाबाट मृत्यु भएका शिक्षकका गाँउलेको रिपोर्ट भने नेगेटिभ

काठमाडौ, जेठ १० (हाकाहाकी)– कोरोना भाइरसको सक्रमणका कारण ज्यान गुमाएका गुल्मी मदाने गाउँपालिकाका शिक्षकका गाउँलेको रिपोर्ट नेगेटिभ आएको छ । गाउँका २५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

शिक्षकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको अर्को दिन जिल्ला स्वास्थ्य कार्यालयको टोलीले ती शिक्षकसँग प्रत्यक्ष सम्पर्कमा आएका ३० जनाको स्वाब सङ्कलन गरी पिसिआरका लागि पठाएको थियो ।

स्वाब सङ्कलन भएकाहरुमा मृतकका परिवार, बैंकका कर्मचारी, स्थानीय क्लिनिक सञ्चालकलगायत थिए । तीमध्ये पाँचजनाको रिपोर्ट आउन बाँकी रहेको र २५ जनालाई कोरोना सङ्रक्रमण नभएको रिपोर्ट आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो ।

Facebook Comments