भारत नौतनवा क्वारेन्टाइनमा बसेका एक नेपालीको मृत्यु

काठमाडौ, जेठ १० (हाकाहाकी)– भारतको नौतनवास्थित क्वारेन्टिनमा बसेका एक नेपालीको शनिबार मृत्यु भएको छ ।

म्ृातक स्याङ्जा निवासी हरिनास गाउँपालिका २ चिसापानीका ३२ वर्षीय पुरुष रहेको भारत नौतनवाका एसडीएम जसधिर सिंहले बताउनुभयो । ती युवक जेठ ५ गतेदेखि नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टिननमा बसेका थिए।

हिँडेरै स्याङ्जा जाने प्रयासमा भारत अलिगढबाट रुपन्देहीको नाका बेलहिया आएका उनलाई नेपाल प्रवेश नदिएपछि नौतनवाको क्वारेन्टिनमा राखिएको थियो।

क्वारेन्टिनमा रहेका उनको खुट्टा र अन्डकोष सुन्निएको भारतीय अधिकारीहरुले बताएका छन् । नौतनवाको सो क्वारेन्टाइनमा १ सय ३९ जना नेपाली छन्।

Facebook Comments