कोरोनाबाट मर्नेको संख्या ६, मृत्युपछि मात्र सबैको कोरोना संक्रमण पुष्टि

काठमाडौ, जेठ १६ (हाकाहाकी)– नेपालमा कोरोना भाइरस को संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो ।

यही जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका (९ का एक युवकको बाटोमै मृत्यु भएको थियो । भैरहवाको प्रयोगशालमा स्वाब परीक्षण गर्दा हिजो मात्रै उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
हिजो नै कोरोना भएको पुष्टि भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने शुक्रबार मात्रै ‍औपचारिक रुपमा कोरोनाले मृत्यु भएको घोषणा गरेको छ । घर फर्किने क्रममा मृत्यु भएका युवकको शवलाई उहाँको आफन्तले सन्धिखर्क्स्थित गच्चे भन्ने स्थानमा गाडेका थिए ।

यसअघि ललितपुर महानगरपालिका बुङ्मतीका ५६ वर्षीय पुरुषको मृत्यु भएको थियो । किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचाररत रहेका उनको बुधबार मुत्यु भएको हो । यसअघि बारा, सिन्धुपाञ्चोक, बाँके र गुल्मीका एक–एकजनाको मृत्यु भएको थियो ।

Facebook Comments