दशगजा खाली गराउन सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौ, जेठ १६ (हाकाहाकी)– प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले भारतीय सीमा क्षेत्रको दशगजा क्षेत्र खाली गराउन सरकारलाई निर्देशन दिएको छ ।

सीमा क्षेत्रमा भारत सरकारले निर्माण गरेका सडक र तटबन्धबारे छलफल गर्न बसेको समिति बैठकले त्यस क्षेत्रमा रहेका भौतिक संरचना र मानववस्ती हटाउन सरकारलाई निर्देशन दिएको हो ।

अन्तर्रा्ष्ट्रिय मुल्य मान्यता विपरित अन्तर्रा्ष्ट्रिय कानुन र मूल्य मान्यता विपरीत सीमा क्षेत्रको दशगजा (नो म्यान्स ल्याण्ड) रहेका वस्ती, सडक, बाँध तटबन्धलाई हटाउन तत्काल आवश्यक पहल गर्नेसमितिका सभापति शशी श्रेष्ठले बताउनुभयो।
यसैगरी, समितिले ठूला नदीमा भारत सरकारले सीमा स्तम्भ बनाउने सहमति कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षंण गराएको छ ।

Facebook Comments