अधिकांश महामारी जनावरबाटै

रामचन्द्र अधिकारी

हाल विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड–१९ समुद्रका माछाहरु बेच्ने स्थानबाट फुत्किएर मानव समुदायमा छिरेको हो भन्ने एउटा तर्क स्थापित भएको छ । तरपनि कोराना भाइइरसको खास बासस्थान भने चमेरोको जीउ नै हो । कसरी चमेरोबाट माछामा गयो र मानिसमा आयो, यो खोजीको विषय हो । कसैले सर्प त कसैले सालकबाट आयो भन्ने अनुमान लगाएका छन् । यथार्थ अहिलेसम्म आउन सकेको छैन ।

तथापि सन् २००२ मा सार्स फैलाउने सार्स भाइरस जस्तै बनावट भएको यो कोरोना भाइरसलाई सार्स कोभ–२ पनि भनिएको छ । अनि, सो सार्सको मूल बासस्थान चमेरो भएको हुनाले र यो पनि चमेरोमा पनि पाइएको हुनाले पक्का त्यहीँबाट आयो भन्नेमा वैज्ञानिक विश्वस्त छन् केवल बाटो कुन भन्ने मात्र अन्योल हो ।

 

इसा पूर्व २२०० वर्षमा चीनमा नै ठूलो महामारीबाट कम्तिमा ५ हजार मानिस मरेको अनुमान गरिएको छ । त्यसको कारण नखुले पनि अनुमान कुनै जनावरमा लागेको भाइरल रोग मानिसमा आयो भन्ने केही अप्रमाणिक कथनहरु भेटिन्छन् ।

‘बीसौँ शताब्दीमा जति विश्वव्यापी रोगहरु आए सबैजसो भाइरल हुन् र सबै नै अन्य जनावरबाट मानिसमा आएर फैलिएका हुन् । जस्तैः जुन पनि इन्फ्लएन्जा होस त्यो जनावरहरुबाटै आएको हो । यसको प्रमुख स्रोत भनेका जलपक्षी, घोडा, सिल, बिरालो आदि हुन् । जीवशास्त्रहरुमा लेखिएअनुसार इन्फ्लुइन्जा(एचएन)मा १८ प्रकारका एच(हेमाग्लुटिनिन) र ११ प्रकारका एन(न्यूरामिनिडेज) हुन्छन् । यीनीहरु सबै मान्छेका रोगका कारण हुन् तर मूल आधार जीव(होस्ट) अरु नै जनावर ।’

बीसौँ शताब्दीमा जति विश्वव्यापी रोगहरु आए सबैजसो भाइरल हुन् र सबै नै अन्य जनावरबाट मानिसमा आएर फैलिएका हुन् । जस्तैः जुन पनि इन्फ्लएन्जा होस त्यो जनावरहरुबाटै आएको हो । यसको प्रमुख स्रोत भनेका जलपक्षी, घोडा, सिल, बिरालो आदि हुन् । जीवशास्त्रहरुमा लेखिएअनुसार इन्फ्लुइन्जा(एचएन)मा १८ प्रकारका एच(हेमाग्लुटिनिन) र ११ प्रकारका एन(न्यूरामिनिडेज) हुन्छन् । यीनीहरु सबै मान्छेका रोगका कारण हुन् तर मूल आधार जीव(होस्ट) अरु नै जनावर ।

सन् १९१८ मा विश्वमा फैलिएर करिब एक तिहाइ मानिसको ज्यान लिने इन्फ्लुएन्जा एचवानएनवान चराबाट मानिसमा आएको थियो । अर्को एचवानएनवान पीडीएम ०९ भनिने भाइरस २००९ मा अमेरिकामा फैलिएको थियो जसले एक लाख ५१ हजार सात सय मानिसको ज्यान लियो । यो सुँगुरबाट मानिसमा सरेको पुष्टि भयो । मानव इतिहासमा ‘ब्ल्याक डेथ’ भनेर चिनिने बुबोनिक प्लेग जुन १४ औँ शताब्दीमा विश्व महामारी भएको थियो । त्यो बेला जम्मा जनसंख्या ३६ करोड मात्र थियो, त्यसमा सात करोड ५० लाख मानिस मरेका थिए, पूरा पृथ्वीमा । त्यो रोगको कारण थियो– एरसिनिया पेस्टिस भनिने व्याक्टेरिया । सो व्याक्टेरिया मुसा, बिरालोमा लाग्ने उपिँयाबाट आएको पुष्टि भइसकेको छ ।

 

रेबिज रोगबाट सालिन्दा ५ लाख ५ हजार मानिस मर्छन् संसारमा सो रेबिज भाइरस कुकुरलगायतका अन्य जंगली जनावरको टोकाइबाट मानिसमा आउने हुन् ।

विश्व स्वास्थ्य संगठनको लिखतले देखाएअनुसार २०१८ मा एड्स(एचआइभी)का कारण सात लाख सत्तरी हजार मानिसको ज्यान गयो र सो सालमा तीन करोड ७९ लाख मानिस संक्रमित थिए । एचआइभी पनि मानिसमा चिम्पान्जीबाट आएको हो । मध्य अफ्रिकाका मानिसहरुले चिम्पान्जीको काँचो रगत र मासु खाँदा यो भाइरस मानिसमा पसेको भनिएको छ । चिम्पान्जीमा रहँदा यसको नाम एसआइभी(सिमिअन इम्युनोडिफिसेन्सी भाइरस) थियो । मानिसमा उत्परिवर्तित रुपमा आएको हो र यहाँ नामसमेत परिवर्तन गरियो र एचआइभी राखियो ।

‘अन्य जनावरबाट मानव समुदायमा अति संक्रामक (इपिडेमिक र पान्डेमिक)रोगको संख्या घटीमा पनि ६६ छ । लाइभ साइन्स एजेन्सीको विवरणले भन्छ– मानिसमा लाग्ने जति रोगहरु छन् सोको ६० प्रतिशत अन्य जनावरबाट आएका(जुनोसिस) हुन् । त्यस्तै जति पनि संक्रामक तथा आक्रामक रोगहरु छन् तिनीहरुको ७५ प्रतिशत जुनोसिस छन् ।’

एउटा उस्तो महामारी त हैन तर नजानिदो मानसिक रोग छ जसको नाम माइन्ड कन्ट्रोल हो । यसको कारण हो पीजारे परजीवी वा टोक्सोप्लाज्मा गोन्डी । यसका रोगी विश्व जनसंख्याको घटिमा पनि एक चौथाइ अर्थात् दुई अर्ब जना छन् । यो रोग बिरालोबाट मानिसमा आएको हो । इबोला भाइरसले कुनै बेला महामारी मच्चाएर अहिले पनि तर्साइरहेको छ, यो भाइरस कंगो देशको इबोला नदीकिनारको एउटा बस्ती छेउमा बस्ने चमेरोबाट १९७६ मा मानिसमा आई आतंक फिँजाएको हो भन्ने कुरा वैज्ञानिकहरुले प्रमाणित गरेका छन् । विश्व स्वाथ्य संगठनका अनुसार मृत्युदर करिब ५० प्रतिशत हुने लाइम डिजिज भनिने अर्को रोग छ । यसको कारण बोरेलिया बुर्गडोरफेरि हो र यो किर्नाको टोकाइबाट अरु स्तनधारीबाट मानिसमा आउने हो ।

अन्य जनावरबाट मानव समुदायमा अति संक्रामक (इपिडेमिक र पान्डेमिक)रोगको संख्या घटीमा पनि ६६ छ । लाइभ साइन्स एजेन्सीको विवरणले भन्छ– मानिसमा लाग्ने जति रोगहरु छन् सोको ६० प्रतिशत अन्य जनावरबाट आएका(जुनोसिस) हुन् । त्यस्तै जति पनि संक्रामक तथा आक्रामक रोगहरु छन् तिनीहरुको ७५ प्रतिशत जुनोसिस छन् ।

अहिले कोरोनापछि चीनबाटै अर्को भाइरल रोग मान्छेमा देखा परेको छ, सो रोगको कारण हो हान्टा भाइरस । यो भाइरस हरिण, मृग र मुसाबाट मान्छेमा आउने हो । दु्रत दरमा फैलिने जापानिज इन्सेफलाइटिसको भाइरस पक्षी, सुँगुर र मुसाहरुबाट आएको हो । अहिले सुस्तरी आएको तर चुनौति दिइरहेको कालाज्वर स्याण्ड फ्लाई(एक प्रकारको भुसुना)को टोकाइबाट मानिसमा आउने हो भनिन्छ । तर, यो रोगको कारक एक कोषीय प्रोटोजोअन लेस्मानिया डोनोभेनीको खास स्रोत भनेको कुकुर र मुसाहरु हुन् । मिडल इस्टर्न रेस्पिरेटोरी सिन्ड्रोम(मेर्स) ले २०१२÷१४मा यस्तै महाव्याधीको रुप धारण गरेको थियो । त्यस भाइरसको स्रोत पनि चमेरो नै थियो । १७ औँ शताब्दीदेखि नै छिटफुट देखा परी बेला बेला मानिसलाई अत्याउँदै आएको स्वाइन फ्लूको भाइरसको पहिलो आधारजीव हरिण त्यसपछि सुँगुर हो । अन्त्यमा किर्नाबाट मानिसमा आयो । नाइल फिभर लगाउने फ्लाभिभाइरसको आधार जीव घोडा हो । जिका भाइरस गत वर्ष मात्र चर्चामा थियो । यो भाइरस बाँदर, चिम्पान्जीबाट आएको हो र लामखुट्टेको माध्यमबाट मानिसमा छिर्यो । विश्व आतंक फैलाउने वर्ड फ्लुको भाइरस एचफाइभएनवान चराबाट आएको हो ।

कुनै इपू ७०० मै एन्थ्रासले विश्व पिटेको थियो । पछि पनि पटक पटक आतंक फिँजाइरहेको छ । सो ब्याक्टेरिया घरपालुला चौपायाबाट मानव जगतमा प्रवेश गरेको साबित भएको छ । अफ्रिकन स्लिपिङ सिकनेस रोग ट्राइपानोसोमा ब्रुसी भनिने एक कोषीय जीवले लाग्छ । यो रोग उत्पादक जीव पनि घरपालुवा पशु नै हो । अधिकांश फित्तेजुका र गोला सूक्ष्म जुकाहरु पनि अन्यबाट मानिसको जीउमा प्रवेश गर्ने हुन् ।

अब चर्चा गरौँ किन र कसरी यस्ता महामारीजन्य रोगहरु जनावरबाट मानिसमा आएका हुन् त । सामान्यतया तिनीहरुको समुदायबाट मानव समुदायमा आउने तरिका भनेको तिनीहरुसँगको सम्पर्क, उनीहरुको दिसा पिसाब, दूध, मासु, अण्डा, रगतका माध्यमबाट हो । साथै, उनीहरुको स्याहार—संभार गर्दा पनि रोग सरी आउँछ । घरपालुवा जनावर र मानिसको बीचमा अनोन्याश्रित सम्बन्ध छ । जब मानिस क्रमविकासको क्रममा पशुपालन युगमा आयो (करिब २० हजार वर्षअघि)जंगली जनावरहरुलाई घरपालुवा बनाउँदै आयो ।

‘आश्रयप्रदायक जनावर(मानिस र अन्य जनावर जसका शरीरमा परजीवी बस्छन्) को मात्र कुरा छैन । अरु जन्तुबाट मानिसमा रोग आउने सवालमा परजीवीकै खेल पनि छ । जस्तैः यही कोरोना भाइरस चमेरामा चुप लागेर बसेको छ, असर गरेको छैन तर मानिसमा आउने बित्तिकै सक्रिय भई गतिविधि सुरु गर्यो । प्रायसः भाइरसको यही विशेषता हुन्छ । जसरी बोटविरुवा नयाँ ठाउँमा विस्तार भई गएपछि फष्टाएका हुन्छन्, मानिसले नै पनि नयाँ ठाउँमा बसार्इँ सरेपछि उन्नति गरेको पाइन्छ । हो, त्यस्तै परजीवीले पनि आश्रयप्रदायक जनावर परिवर्तन गरेर नयाँमा आएपछि मौलाउँछ ।’

जस्तैः बाख्रा, घोडा आदि त्यतिबेलै घरपालुका भएका हुन् । कुकुर बिरालो आदि करिब नौ हजार वर्षअघि घरेलु भएका हुन् । हावापानी उही, प्रकृति उही, जात उही–स्तनधारी, कतिपय खानपिनका स्रोत पनि उही जस्तैः पिउने पानीको स्रोत उही, तरकारी केलाएर फालिएको अंश, खानाको पुरा आदि पाल्तु जनावरलाई नै हो । यसरी धेरै कुरा मिलेको हुनाले यीनका जीउमा बस्ने परजीवीले पनि समानता पायो । त्यसैले दुबैका जीउमा बस्ने मौका पायो । भलै ती जनावरलाई रोग भने नलागेको हुन सक्छ ।

आश्रयप्रदायक जनावर(मानिस र अन्य जनावर जसका शरीरमा परजीवी बस्छन्) को मात्र कुरा छैन । अरु जन्तुबाट मानिसमा रोग आउने सवालमा परजीवीकै खेल पनि छ । जस्तैः यही कोरोना भाइरस चमेरामा चुप लागेर बसेको छ, असर गरेको छैन तर मानिसमा आउने बित्तिकै सक्रिय भई गतिविधि सुरु गर्यो । प्रायसः भाइरसको यही विशेषता हुन्छ । जसरी बोटविरुवा नयाँ ठाउँमा विस्तार भई गएपछि फष्टाएका हुन्छन्, मानिसले नै पनि नयाँ ठाउँमा बसार्इँ सरेपछि उन्नति गरेको पाइन्छ । हो, त्यस्तै परजीवीले पनि आश्रयप्रदायक जनावर परिवर्तन गरेर नयाँमा आएपछि मौलाउँछ ।

तेस्रो कुरा छ कतिपय परजीवीको जीवन चक्र नै दुई भिन्न जनावरका जीउमा मात्र पूरा हुन्छ । जस्तैः एक खालको फित्तेजुका(टेनिया सोलियम)को जीवन चक्र पूरा गर्न सुँगुर र मानिस नै चाहिन्छ । अर्को टेनिया सेजिनाटालाई गाई र मान्छे नै चाहिन्छ, इकाइनोकोकस ग्रानुलोससका लागि कुकुर र मान्छे नै चाहिन्छ । यस चक्रमा मानिसलाई रोग लाग्ने अर्र्को जनावरलाई नलाग्ने हुनसक्छ । अन्य जनावरबाट मानिसमा रोग आउने अर्को माध्यम भनेको भेक्टर हो । भेक्टर भनेको तत् जन्तुबाट जीवाणुलाई बोकेर मानिसमा ल्याउने बीचको मध्यस्थकर्ता प्राणी हो । जस्तैः मेनिन्जाइटिस जंगली जनावरबाट मच्छड मार्फत् मानिसमा आउँछ । सन् १९९८ मा निपा भाइरस पनि मलेशियाबाट विश्वमा छाउने मोडमा थियो । त्यो चमेरोबाट पाल्तु सुँगुरमा,अनि सुँगुरबाट मानिसमा आयो ।

अहिले विश्व समुदायले जैविक विविधताको महत्व बुझेर जंगली जनावरलाई संरक्षण गर्न लागेको छ । मानिस र जंगली जनावरबीचको सम्बन्ध झन् नजिक बनिरहेको छ । सम्बन्ध नजिकिँदा उनीहरुबाट रोग मानिसमा आएका छन् । यो पाँचौ माध्यम हो ।
पशुपालनमा व्यवसायीकरण भएको छ । पशुचिकित्सा र जैविक प्रविधिको प्रयोगबाट पालकहरुले राम्रो फसल खोजिरहेका छन् । पशुलाई नै प्रतिजैविक(एन्टीबायोटिक) औषधीहरु लगाएपछि सो औषधीको अंश ती पशुको उत्पादनमार्फत् मान्छेमा आउँछ । ती प्रतिजैविक औषधीको असरले मानिसमा आएका रोगजन्य परजीवीहरुको प्रतिरोधात्मक क्षमता बढेको हुन्छ । अनि, मानिसलाई साधारण एन्टिवायोटिक दिँदा छुँदैन । त्यसै बखतमा ती परजीवीको संख्या ह्वात्तै बढेर जान्छ र रोगले गाँज्छ । यो छैटाँै तरिका वा बाटो हो कि कसरी रोग अन्य जन्तुबाट मानिसमा आउँछन् र स्थापित हुन्छन् ।

इमेलः [email protected]

Facebook Comments