साउन ७ गतेसम्म आंशिक लकडाउन निरन्तर

काठमाडौ, असार १६ (हाकाहाकी)– सरकारले आंशिक लकडाउनलाई साउन ७ गते सम्म निरन्तरता दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको सोमबारको बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । प्रदेश, जिल्ला र स्थानीयतहले ठाउँअनुसार कडाई र खुकुलो बनाउन सक्ने पनि निर्णय भएको छ ।

यो निर्णयअनुसार सवारीसाधन जोर विजोर प्रणालीमा साउन ७गते सम्म निजी सवारी साधन जोरबिजोमा चल्ने बाहेक सार्वजनिक चल्ने छैनन् । उद्दार बाहेकका सबै हवाई उडान बन्दहुनेछन् । विद्यालयतथाशैक्षिक संस्थाहरू पनिबन्द नै रहनेछन् ।

सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमाहल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनिखुलाहुने छैनन् । सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमानाकापनिबन्द नै रहनेछ । रेस्टुरेन्टहरू प्याकिङ र टेक अवे सेवादिने गरी खुलागर्न सकिनेछ भने क्वारेन्टिन बनाइएकाबाहेककाहोटलहरू बन्द नै रहनेछन् ।

Facebook Comments