मेघ गर्जन र चट्याङसहित भारी बर्षाको संभावना

काठमाडौ, असार १६ (हाकाहाकी)– मंगलबार देशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखा नेपाल नजिकै भएकाले प्रदेश १, २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही ठाउँमा मेघगर्जन सहित ठूलो पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन महाशाखाकी मौसमविद् विभूति पोख्रेलले आग्रह गर्नुभएको छ ।

ठूलो पानी पर्दा बाढी, पहिरो जाने, कतिपय ठाउँमा डुबान समेत हुन सक्ने भएकाले सावधानी अपनाउन पनि उहाँको आग्रह छ । देशका अरु ठाउँमा भने आज दिउँसो पछि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

भोलि र पर्सि पनि देशका केही ठाउँमा ठूलो र अरु ठाउँमा सामान्य देखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Facebook Comments