ट्याक्सी चालकहरु आन्दोलित

काठमाडौ, असार १६ (हाकाहाकी)– लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि काठमाण्डौका ट्याक्सी चालक तथा व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।

उनीहरुले आज बिहानै नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सीपार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले यातायात ब्यवस्था विभागको कार्यालयमा मागपत्र बुझाउने तयारी समेत गरेका छन् । ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार, कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेउ’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

Facebook Comments