कोरोना महामारीको सबैभन्दा खराब अवस्था आउनै बाँकी : डब्लुएचओ

मङ्लबार, असार १६, २०७७

काठमाडौ, असार १६ (हाकाहाकी)– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महासचिव डा.ट्रेडोस गेब्रिऐससले कोभिड–१९ (कोरोना) महामारीको सबैभन्दा खराब अवस्था आउन बाँकी नै रहेको बताउनुभएको छ ।

यदिविश्वभरका सरकारले महामारी नियन्त्रणका लागि सहीनीतिहरु पालना गरेनन् भने यसले अरु धेरै मानिसलाई संक्रमितबनाउन सक्ने उहाले चेतावनी दिनुभएको छ ।

महामारी नियन्त्रणका लागिजर्मनी, दक्षिण कोरिया र जापानले झैं काम गर्न टेड्रोसले अन्य राष्टलाई आग्रह गर्नुभएको छ ।

गएकोवर्षको डिसेम्बरदेखि फैलिइरहेको कोरोना भाइरस विश्वभरका एक करोडभन्दा धेरै मानिसमा संक्रमण भइसकेको छ भने पाँचलाख चार हजार ३४५ संक्रमितको ज्यानगएको छ।

यहीमहामारीका कारण धेरै देशमा स्वास्थ्य प्रणाली निकै खराब भएको छ। विश्वभरको अर्थव्यवस्था र सामाजिकजनजीवनमानिकै असर परेको छ।

यति धेरै मानवीय र आर्थिकरसामाजिकक्षतिभइसक्दापनिमहामारीको सबैभन्दा खराब स्थिति आउनबाँकी नै रहेको डा. टेड्रोसले बताउनुभएको ।

Facebook Comments