चीनमा फेरी नयाँ प्रकारको भाइरस भेटियो : वैज्ञानिकहरु

काठमाडौ, असार १६ (हाकाहाकी)– चीनमा नयाँ प्रकारको भाइरस भेटिएको र त्यसले महामारीको रुप लिन सक्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन् ।

फेला परेको नयाँ भाइरस, फ्लू भाइरस रहेको र बेलैमा नियन्त्रणको प्रयास नगरिएमा त्यसले पनि महामारीको रुप लिन सक्ने वैज्ञानिकको भनाई छ ।

यो भाइरस हालै उत्पति भएको र अहिले सुँगुरमा पाइएको भए पनि मानिसमा सर्न सक्ने क्षमता रहेको वैज्ञानिकहरुले बताएका छन् । प्रारम्भीक जानकारी अनुसार यो भाइरसमा मानिसमा पनि सर्ने र अन्ततः महामारीको रुप लिन सक्ने क्षमता देखिएको छ ।
यो भाइरस थप परिवर्तन हुन सक्ने र त्यसपछि मानिसमा सहज रुपमा सर्न सक्ने तर्फ वैज्ञानिकको चासो र चिन्ता रहेको छ ।

अहिले प्राप्त जानकारी अनुसार यो भाइरस व्यक्तिमा सरेमा उबाट अर्को व्यक्तिमा पनि सर्ने देखिन्छ ।

सुगुरमा देखिएको नयाँ भाइरस सम्बन्धी प्रारम्भीक अध्ययन प्रतिवेदन नेशनल एकेडेमी अफ साइन्सेज जर्नलमा प्रकाशित भएको छ ।

Facebook Comments