कोरोना संक्रमण अझै बढ्ने डब्लुएचओको चेतावनी

काठमाडौ, असार १६ (हाकाहाकी)– विश्व स्वास्थ्य संगठनले कोरोनाको प्रकोप झनै बढ्ने चेतावनी दिइरहेको छ । दैनिक कोरोना संक्रमित थपिरहेका छन् ।

यस भाइरसबाट आजसम्म एक करोड ४ लाखभन्दा बढी संक्रमित बनेका छन । संक्रमितमध्ये ५ लाख ८ हजारभन्दा बढीको मृत्यु भएको छ भने ५६ लाखभन्दा बढी उपचारपछि स्वस्थ बनेका छन ्।

कोभिड १९ नियन्त्रणका लागि धेरै देशले कोरोना विरुद्धको खोप र औषधि विकास गरिरहेका छन् । चीन, अमेरिका र बेलायतजस्ता विकसित मूलुकले कोरोनाको खोप मानवमा परीक्षण गर्न सुरु गरिसकेका छन् । यसबीचमा दक्षिण एसियाली मूलुक भारतले पनि कोरोनाविरुद्धको खोप मानवमा परीक्षण गर्ने भएको छ । भारतले बनाएको खोप जुलाई महिनाबाट मानवमा परीक्षण हुने बीबीसीले जनाएको छ।

हैदरावादस्थित भारत बायोटेकले खोप बनाएको हो । कति व्यक्तिमा खोप परीक्षण गरिने भन्नेबारेमा केही खुलाइएको छैन । डब्लूएचओका अनुसार विश्वभर १ सय २० कोरोनाविरुद्धको खोप विकास भइरहेको छन् । भारतमा पनि आधादर्जन कम्पनीहरु खोप निर्माणमा लागेका छन ्। एकदेखि दुईवर्ष भित्र कोरोनाविरुद्धको खोप उपलब्ध हुने डब्लूएचओको अनुमान छ ।

Facebook Comments