भारतमा चौबिस घण्टामा ४१८ को मृत्यु

काठमाडौ, असार १६ (हाकाहाकी)– भारतमा २४ घण्टामा कोरोना भाइरसबाट ४ सय १८ जनाको मृत्यु भएपछि यस घातक रोगबाट ज्यान गुमाउनेको सङ्ख्या १६ हजार ८ सय ९३ पुगेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज बिहान ८ बजे सम्म १६ हजार ८९३जनाको ज्यान गएको छ ।

भारतमा दैनिक हजारौको संख्यामा कोरोना भाइरसको नयाँ संक्रमितहरु थपिदै गएकाले कुल संक्रमितको संख्या ५ लाख ६६ हजार ८४० पुगेको पनि मन्त्रालयलाई उदृत गर्दै सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।

गएको २४ घण्टामा भारतमा १८ हजार ५२२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । देशभरी अहिलेसंक्रमणमुक्त हुनेहरुको संख्या भने३ लाख ३४ हजार ८२२ पुगेको छ ।

कोरोनाभाइरसबाट सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । त्यस्तै, महाराष्ट्रपछि केन्द्रिय राजधानी समेत रहेको दिल्ली कोरोना प्रभावित राज्यको रुपमा रहेको छ ।

Facebook Comments