बुधबार ४८२ कोरोना संक्रमित थपिए

काठमाडौ, असार १७ (हाकाहाकी)– पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ८२ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताउनुभयो ।

बुधबार संक्रमित हुनेमा १ सय १७ जना महिला र ३ सय ६५ पुरुष रहेका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १४ हजार ४६ जना पुगेको छ ।

Facebook Comments