बिहीबार ६ उडानबाट स्वदेश फर्किदै नेपाली

काठमाडौ, असार १८ (हाकाहाकी)– बिहीबार ६ उडानमार्फत विभिन्न देशबाट नेपालीहरु स्वदेश फर्कने भएका छन् ।

मलेसिया र माल्दिभ्समा समस्यामा परेका नेपाली स्वदेश आउने उडान तालिका रहेको त्रिभुवन विमानस्थलले जनाएको छ ।

आजकुवेतबाट दुई उडान मार्फत नेपालीहरु स्वदेश आउँदैछन् । नेपाल एअरलाइन्सको चार्टर्ड उडान मार्फत त्यहाँ समस्यामा रहेका नेपाली आउँदैछन् भने जजिरा एअरले त्यहाँ आममाफीमा सहभागी नेपालीलाई नेपाल लिएर आउँदैछ ।

यस्तै बिहीबार साउदीबाट पनिदुई उडानमार्फत नेपाली फर्कने भएका छन् । साउदीको दमामबाट हिमालय एअरलाइन्स र जेद्दाबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडान मार्फत नेपालीहरु स्वदेश फर्कनेछन् ।

मलेसियाको क्लालाम्पुरबाट मालिण्डो एअरले नेपालीलिएर आउँदैछ भने हिमालय एअरमार्फत आज माल्दिभ्सबाट पनि नेपाली फर्कने तालिका रहेको छ । बिहीबारै हिमालय एअरलाइन्स नेपाली लिन यूएईको आबुधाबी जाँदैछ ।

Facebook Comments