बिहीबार देशभर ४७३ कोरोना संक्रमित थपिए

काठमाडौ, असार १८ (हाकाहाकी)– नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका परीक्षण केन्द्रमा गरिएको परीक्षणमा थप ४ सय ७३ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताउनुभएको हो ।

आज संक्रमण पुष्टि हुनेमा १ सय ९ जना महिला र ३ सय ६४ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमितकोसंख्या १४ हजार ५ सय १९ पुगेको छ ।

यसैगरी, मनत्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ६४ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । योसँगै उपचारपछि निको भएर घर फर्कनेको संख्या ५ हजार ३ सय २० पुगेको छ । यस्तै, आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ रहेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ लाख ३३ हजार ७ सय ६४ जनाको पीसीर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख ६ सय २० जनाको आरडिटि विधिबाट परीक्षण गरिएको छ । यसैबीच, काठमाडौँ उपत्यकामा पछिल्लो समय दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका ३ जिल्लामा ३२ जनामा कोरोना पुष्टि भएको छ । प्रवक्ता प्राडा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ३२ जनामाकोरोना पुष्टि भएको बताउनुभएको छ ।

उहाँका अनुसार शुक्रराज ट्रपिकलल तथा सरुवा रोग अस्पताल टेकुमा ललितपुरका १ पुरुष, त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भक्तपुरका २ पुरुष, काठमाडौँका १७ महिला र ११ पुरुष र ललितपुरका १ पुरुषमा कोरोना पुष्टि भएको हो ।

Facebook Comments