बिहीबार उपत्यकामा ३२ संक्रमित थपिए

काठमाडौ, असार १८ (हाकाहाकी)– काठमाडौँ उपत्यकामा पछिल्लो समय दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका ३ जिल्लामा ३२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै उपत्यकामा संक्रमितको संख्या १ सय पुगेको छ ।

प्रवक्ता प्राडा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ३२ जनामाकोरोना पुष्टि भएको बताउनुभएको छ ।

उहाँकाउनसार शुक्रराज ट्रपिकलल तथा सरुवा रोग अस्पताल टेकुमाललितपुरका १ पुरुष, त्रिवि शिक्षण अस्पताल महाराजगन्जमाभक्तपुरका २ पुरुष, काठमाडौँका १७ महिला र ११ पुरुष र ललितपुरका १ पुरुषमाकोरोना पुष्टि भएको हो ।

Facebook Comments