कोरोना विरुद्ध १ सय खोप निर्माण प्रक्रियामा, छिटो गर्न वैज्ञानिकहरुलाई चुनौती

काठमाडौ, असार २६ (हाकाहाकी)— कोरोनाको संक्रमण र मृत्यु बढिरहेका बेला भारत, बेलायत, चीन, अमेरिकालगायत देश कोरोनाविरुद्धका १ सय किसिमका खोपहरु निर्माण प्रक्रियामा रहेका छन् ।

विश्वभरका वैज्ञानिकहरु कोभिड–१९ को खोप निर्माण कार्यकै लागि दिनरात खटिरहेका छन् । वर्षौँ लाग्ने कामलाई केही महिनामै पूरा गर्ने प्रयासमा रहेको हुँदा यो काम विश्वभरका वैज्ञानिकहरुका लागि हालसम्मकै चुनौतिमय समय साबित भइरहेको बताइएको छ ।

कुनैपनि खोप निर्माणका लागि हजारौँका संख्यामा मानिसहरुको परीक्षण गर्नुपर्ने हुँदा यो कार्य मानव सहभागीतामा पनि निर्भर गर्ने बताइएकोछ । यसैबिच अमेरिका, चीन, बेलायत र भारतमा कोरोना भाइरसबिरुद्दको खोप निर्माणको काम अघि बढिरहेको पाइएको छ ।

हालसम्म प्राप्त तथ्यांक अनुसार अमेरिकाले वर्षको अन्त्यसम्म खोप उपलब्ध गराउन सक्ने बताइएको छ । यसैगरी चीनको साइनोभेक बायोटेक र चाइना नेस्नल फार्मासेउटिकल समूह पनि बेलायतको एस्ट्राजेनेकासँगै अनुसन्धानात्मक कोभिड–१९ खोप परीक्षणको तेस्रो ठूलो चरणमा प्रवेश गरिसकेका छन् । यसैगरी भारतको सेरम इन्सटिटीउट अफ इन्डियाले पनि वर्षको अन्त्यसम्म खोप निर्माण गरिसक्ने अपेक्षा गरिएको छ ।

Facebook Comments