बाह्र घण्टामा बाढिपहिरोमा परेर ७ को मृत्यु, ३२ बेपत्ता

काठमाडौ, असार २६ (हाकाहाकी)— बिहीबार बिहानदेखि परेको अविरल बर्षाका कारण आएको बाढिपहिरोमा परेर १२ घण्टामा ७ जनाको मृत्यु भएको छ । र, ३२ जना बेपत्ता भएका छन् ।

बिहीबार मध्यरातदेखि शुक्रबार अपरान्ह्र १२ बजेबीचमा यी घटना पुष्टि भएका हुन । पहिरोमा परेर पोखरामा ४ जना र लमजुङ्गमा ३ जनाको मृत्यु भएको हो । यसैगरी म्याग्दीमा ३२ जना बेपत्ता भएका छन् । पोखरामा ९ जना घाइते छन् ।

अविरल वर्षाका कारण राति करीब ३ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको हो ।

घटनामा परी घाइते भएका अरु ६ जनालाई मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । साथै थापाको घरमा बिहीबार साँझ जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को–को थिए भन्ने बारेमा अझै खुल्न नसकेको समेत स्थानीय प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी पोखरा महानगरपालिका–२५ हेम्जामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उहाँका श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको र स्थानीयवासीलाई राति नै सुरक्षित स्थानमा सारिएको पनि जनाइएको छ ।

यसैगरी लमजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बेसीसहर नगरपालिका सातबीसेमा गए राति १२ बजे पहिरोले घर पुरिँदा ३२ वर्षीय दीपक तामाङ, उहाकी पत्नी २५ वर्षीया बिमायाँ तामाङ र नौ वर्षीय छोरा छेवाङ तामाङको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ ।

राति घटनास्थलमा पुगेको प्रहरी टोलीले पहिरोबाट तीनैजनालाई निकालेर जिल्ला अस्पताल पुर्याएको थियो । अस्पताल पुर्याउनासाथ डाक्टरले तीनै जनालाई मृत घोषणा गरेको लमजुङका प्रहरीले जानकारी दिएको छ । घटनामा तीन जना घाइते भएका छन ्। घाइते हुनेमा सन्तबहादुर गुरुङ, अनिल गुरुङ र सुमने गुरुङ रहेका छन । उनीहरुको लमजुङको सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी म्याग्दीकाविभिन्न ठाउँमा पहिरोमा परेर ३२ जना बेपत्ताभएका छन् । धौलागिरि, मालिका र मंगलागाउँपालिमा खसेको पहिरोमा ३२ जना हराइरहेको म्याग्दीप्रहरीले जानकारी दिएको छ । धौलागिरीको मराङमामात्र २२ जनापहिरोमा हराइरहेको म्याग्दीप्रहरी प्रमुख डिएसपी किरणजङ् कुँवरले जानकारी दिए । ठाउँ(ठाउँमा पहिरो खसेर बाटो छेकेका कारण उद्दारमाजानसमेत अबरोध भएको उनले जानकारी दिए ।

उनका अनुसार दरबाङ र सिमचौर भन्ने ठाउँमा एउटा टोली रोकिएको छ । बागलुङबाट बिपत् ब्यवस्थापन टोली, सशत्र, सेना, प्रहरी र जनप्रतिनिधि उद्दारमागइरहेका छन् तर पहिरो छिचोल्न समस्या परेको छ ।

गाडी जान सक्ने अवस्था छैन । पहिरोको बीचमा फसेका अरू सिंगातातोपानीबाट २ जनालाई उद्दार गरिएको उनले जानकारी दिए ।

Facebook Comments