नविकरणीय उर्जाको प्रयोग (हेर्नुहोस तस्विरमा)

काभ्रेका प्रकाश ब्लोन तामाङले विदेशबाट सिकेको सीपलाई आफ्नै भूमीमा प्रयोग गरिरहेका छन् । उनी आफूलाई आत्मनिर्भर बनाएर अघि बढिरहेको छन् । पाँचखाल नगरपालिका १३ तिमालवेसीमा कृषी तथा पशुपालन फार्म स्थापना गरी उनी कृषी र पशुपालनमा सकृय छन् ।

कृषी क्षेत्रको उत्पादन तथा व्यवस्थापन गर्ने मुख्य उद्देश्य बोकेर स्थापना भएको उक्त फर्ममा केही वर्ष आम्दानी नभएपछि उनको साथमा रहेको केही साथीहरुले पेशा नै परिर्वतन गरे । साथीहरुले साथ छाडेपनि उनी आफूले ५ वर्ष वैदेशिक रोजगारीको शिलशिलामा कोरीयामा सिकेको सीपलाई प्रयोग गर्ने अठोटले सकृय नै रहे ।

‘२०५५ सालमा उच्च शिक्षाको लागि काठमाडौं प्रवेशगरेपछि नोकरीसंगै तामाङ भाषाको चलचित्र निर्माण र गीत लेखनमा सकृय भएँ,’ तामाङले भने, ‘पारिवारिक जिम्मेवारी थपिएपछि वैदेशिक रोजगारीमा गए । करिव ५ वर्ष कोरीयामा बसेर फर्किएपछि त्यहाँ सिकेका सीप र ज्ञानको सदुपयोग गर्दे नेपलमा सामूहिक खेती गर्ने तिमालमा फार्म स्थापन ग¥यौं ।’ कृषी क्षेत्रमा ठूलो सम्भावना भएपनि त्यसको विकासमा सरकारले महत्व नदिएको उनको गुनासो छ । सरकारले सामूहिक व्यवसाय गर्ने कृषकलाई ५० प्रतिशत अनुदान दिने कार्यक्रम ल्याएपछि प्रोत्साहन मिलेको उनी बताउँछन् । सरकारले यस्ता कार्यक्रम ल्याएपनि कर्मचारीहरुले प्रक्रियालाई झन्झटिलो बनाएको उनी बताउँछन् ।

‘संरकारसंगको साझेदारीमा हामीले वैकल्पिक उर्जाबाट लिफ्ट सिंचाई प्रणाली सञ्चालनमा आएपछि हामी बढी नै आत्मविश्वासी र आत्मनिर्भर भएका छौं,’ तामाङले भने, ‘सरकारले अनुदानको कार्यक्रम ल्याएपनि सरकारी निकायले प्रकृया झण्डटिलो बनाइँदिँदा धेरैपटक धाउनुपर्ने हुन्छ । त्यसलाई सहज बनाउनुपर्ने भएको छ ।
नविकरणीय उर्जाको प्रयोग पछिल्लो वर्षहरुमा बढ्दो मात्रामा रहेको एक अध्ययनले देखाएको छ । प्राक्टिकल एक्सनले गरेको एक अध्ययनले नपालमा नविकरणीय उर्जाको प्रयोग क्रमिक रुपमा बढेको पाइएको छ ।

परम्परागत ढङ्गबाट खाना पकाउँदा श्वासप्रश्वास, दमलगायतका समस्या अझ बढी रहने र त्यस्ता विरामी कोरोनाको उच्च जोखिममा रहने भन्ने चिकित्सकहरूको बताइरहेका छन् । घरभित्रको वायु प्रदूषणको अन्त्य गर्नेदेखि व्यावसायिक क्षेत्रमा पनि आधुनिक ऊर्जाको प्रयोगमा जोड दिनुपर्ने हुन्छ । पहिलादेखि नै ऊर्जाको पहुँचको चुनौतीको सामना गरिरहेको ती व्यवसायहरूमा आधुनिक ऊर्जाको प्रयोग बढाउनु पर्दछ ।

स्वच्छ ऊर्जाको पहुँचले विद्युतीय उपकरणहरूबाट काम छिटोछरितो र भरपर्दो हुनुको साथै समयको बचत, कार्यबोझमा कमी र प्रभावकारी नतिजा ल्याउन पनि सकिन्छ । कुनै पनि सभ्य र विकसित समाजका लागि ऊर्जा आधारभूत तत्व हो । यसले व्यक्तिको जीवनस्तरमा सुधारका साथै देशको विकासमा पनि योगदान दिन्छ । स्वच्छ ऊर्जाले जनतालाई आवश्यक सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्न सक्दछ । नवीकरणीय ऊर्जामा करिब ३२ प्रतिशत कामदारहरू महिला रहेको अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सीले जनाएको छ । दिगो विकासको लक्ष्य ५ र ७ ले पनि यस कुरालाई जोड दिएको छ । लक्ष्य ५ मा लैंगिक समानता र लक्ष्य ७ ले सबैका लागि ऊर्जाको अवधारणालाई आत्मसात गरेको छ ।

विश्वव्यापीरूपमा जैविक इन्धन, वायोमासजस्ता वातावरणलाई नकारात्मक असर तुल्याउने ऊर्जाको प्रयोगलाई न्यूनीकरण गरी स्वच्छ ऊर्जाको खपत बढाउनु पर्दछ भन्ने अभियान नै सुरु भएको अवस्थामा अहिले विश्वमा हरित तथा समावेशी ऊर्जाको अवधारणा आएको छ । नेपालमा पनि यस अवधारणालाई आत्मसात गर्नु आवश्यक छ । यस अवधारणाअनुसार स्वच्छ ऊर्जाको प्रयोगबाट बढी लाभान्वित हुने भनेको गरिब, महिला र पिछडिएका वर्ग नै हुन् । जस्तो कि, घरभित्र इन्डक्सन, वासिङ मेसिनलगायतका आधुनिक चुलोको प्रयोग गर्दा महिलाको स्वास्थ्यमा सुधार, कार्यबोझमा कमी भई उनीहरूले अन्य आयमूलक काम गरी आर्थिक हैसियत बढाउन सक्दछन् । त्यसैले हरित ऊर्जामा महिला सहभागिता बढाउन आवश्यक छ ।

विद्युतको उत्पादनमूलक परिप्रयोग र उद्यमशीलताको विकासका लागि महिला, गरिब र पिछडिएका वर्ग समुदायको सहभागिता बढाउन त्यति सजिलो छैन । छरिएर रहेका वर्ग समुदायलाई संगठितरूपमा विद्युत्को उत्पादनमूलक परिप्रयोग र उद्यमशीलतामा लगाउन संगठित संस्थाले मात्रै सक्दछन् । सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रम लागू भएका ठाउँमा गठन भएका सामुदायिक संस्थाहरूबाट नमुनाको रूपमा यसलाई कार्यान्वयन गरेर हेर्न सकिन्छ ।

स्थानीय तहले ती वर्ग समुदायलाई लक्षित गरी कार्यक्रम तर्जुमा गर्ने र त्यसलाई ती सामुदायिक वा सहकारी संस्थामार्फत कार्यान्वयन गर्ने संयन्त्र विकास गर्न सकिएमा विद्युत्को उत्पादनमूलक परिप्रयोग र उद्यमशीलताको विकासका लागि प्रभावकारी रूपमा महिला, गरिब र पिछडिएका वर्ग समुदायको सहभागिता बढाउन सकिन्छ । यस किसिमको सहकार्यले चाँडो नतिजा दिन सक्दछ ।

हरित तथा समावेशी ऊर्जा कार्यक्रमको कार्यान्वयन भौगोलिक विविधताका कारण नेपालको दुर्गम क्षेत्रहरूमा विद्युतीकरणका लागि राष्ट्रिय प्रशारण लाइन विस्तार गर्न कठिनाइ रहेको छ । त्यहाँका मानिसहरू अझै पनि स्वच्छ ऊर्जाको पहुँचबाट वञ्चित रहेका छन् । नेपालमा विभिन्न खाले नवीकरणीय ऊर्जाको प्रशस्त सम्भावना भएता पनि हालसम्म कुल ऊर्जा खपतको लगभग तीन प्रतिशत ऊर्जा नवीकरणीय स्रोतबाट आपूर्ति भइरहेको छ, त्यसको विपरीत, कूल ऊर्जा खपतको करिब ८५ प्रतिशत उर्जा परम्परागत जैविक ऊर्जा स्रोतबाट आपूर्ति भैरहेको छ । तसर्थ, नेपालमा ऊर्जामाथिको परनिर्भरतालाई कम गर्न र राष्ट्रिय प्रशारण लाईन नपुगेको ठाउँहरूमा ऊर्जाको पहुँच पु¥याउन, नवीकरणीय ऊर्जाको प्रवर्द्धन र उपयोगमा जोड दिन आवश्यक देखिन्छ । यसका लागि इनर्जिया÷हिभोस नेदरल्याण्डसको आर्थिक र ग्रामीण प्रविधि केन्द्रको नेतृत्वमा विभिन्न संस्थाहरूसँगको सहकार्यमा हरित तथा समावेशी ऊर्जा कार्यक्रम कार्यान्वयन गरिएको छ ।

सबैका लागि दिगो तथा खाना पकाउन सबैका लागि दिगो ऊर्जा अभियानमा सहयोग पु¥याएको छ । यसले सबैका लागि दिगो ऊर्जा क्रियाकलाप चक्रमा लैङ्गिक उत्तरदायी सवालहरू एकीकृत गर्नका लागि पैरवी गर्नु र नागरिक समाज संस्थाहरूमा कार्यदक्षता र प्रभावकारी रूपमा लैङ्गिक सवालहरूको सम्बोधनसहित ऊर्जा परियोजनाहरू कार्यान्वयन क्षमताको अभिवृद्धिमा जोड दिएको छ ।

साभार : https://sadrishya.com/2020/08/28/26892/

Facebook Comments