सेती जलाधार संरक्षण गर्न स्थानिय सरकारले बनाए कानुन

बझाङ– सेतीनदी, सुदुरपश्चिमको पहाडी जिल्ला बझाङको मुख्य जलश्रोत हो । सेती नेपालकै लामो कर्णाली नदी प्रणालीको सबै भन्दा ठुलो सहायक नदी पनि हो । यस नदी जलाधार क्षेत्रको अधिकांस भुभाग बझाङ जिल्लामा पर्दछ । यो पश्चिम सेती जलाधारको रुपमा चिनिन्छ । यो जलाधारले बझाङका १ नगरपालिका र ९ वटा गाउ“पालिकाको १४ सय ८८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ ।

पश्चिम सेती र यसका सहायक नदीखोलाहरुले यहा“का स्थानियहरुलाई महत्वपुर्ण वातावरणीय सेवा दिइरहेका छन । खानेपानी, सिंचाई, जलविद्युत यीमध्ये मुख्य हुन भने पर्यापर्यटन पनि यसले दिने सेवाभित्र पर्छ । कतिपय गाउ“हरुले अहिले पनि सेतीको पानी पिउने, लुगा धुने तथा अन्य कामको लागि प्रयोग गर्दै आएका छन ।

यस बाहेक सेतीनदी र यसका सहायक नदी खोलामा पाइने विभिन्न माछाहरु स्वादका हिसाबले देशैभर प्रख्यात छ । पश्चिम सेती जलाधारमा पर्ने नदीखोलाहरुमा असलालगायतका १३ प्रजातिका माछा पाइने युएसएड पानी परियोजनाको अध्ययनले देखाएको छ ।
यहा“का स्थानियहरु माझ सेतीनदीको धार्मिक महत्वपनि ठुलो छ । आठौं शताब्दीमा महर्षि वेद व्यासले लेखेको हिन्दुहरूको धार्मिक ग्रन्थ मानसखण्डमा सेतीनदीलाई सीतानदीको रूपमा वर्णन गरिएको छ । उक्त ग्रन्थमा पुलह नाम गरेका ऋषिले उरु क्षेत्र (अहिलेको उरैलेक) मा वर्षाैंसम्म भगवान शिवको तपस्या गरेपछि सीता नदीको उत्पत्ति भएको कुरा उल्लेख छ ।

पौराणिक कालमा यस नदीका शाखा नदीहरू मिसिने विभिन्न संगमस्थलमा और्य, अत्रीलगायतका ऋषिमुनिहरूले तपस्या गरेर सिद्धि प्राप्त गरेको कुरासमेत उक्त ग्रन्थमा उल्लेख गरिएको छ । और्य ऋषिले तपस्या गरेको स्थान आगर र अत्रीले तपस्या गरेको स्थान तपोवनमा अहिले पनि यहाका स्थानीयहरू श्रद्धापूर्वक पूजाआजा गर्छन । गंगा नदीकै स्वरूप भएका कारण सेतीनदीको जल वर्षाैंसम्म भरेर राख्दापनि किरा नपर्ने र नगन्हाउने भएकोले यसको पानीलाई जल स्वरुप मन्दिरहरुमा चढाउने चलन छ ।

वातावरणिय धार्मिक र सामाजिक महत्वका हिसावले यहा“का समुदायको दैनिक जिवन स“ग जोडिएको पश्चिम सेतीजलाधार क्षेत्रमा पछिल्लो समय मानवसिर्जित तथा प्राकृतिक कारणले विभिन्न समस्याहरु देखिन थालेका छन ।

सेतीको मुख्य मुहान रहेको साइपाल गाउ“पालिका देखी नै सिसा, पलाष्टिक लगायतका फोहोरहरु सोझै नदी र खोलामा मिसाउनाले यहा“को पानी त प्रदुशित भएको छ नै,यसको समग्र असर जलचर, मानव समुदाय, कृषी र पर्यावरण क्षेत्रमा परिरहेको छ । यस बाहेक वनविनास गर्ने, डढेलो लगाउने, नदी र खोलाबाट अव्यवस्थित र अवैधानीक तरिकाले ढुङ्गा गिट्टी उत्खनन गर्ने, विनासकारी विधी प्रयोग गरेर माछा मार्ने गर्नाले पनि यहा“को जलिय जैविकविविधता माथी ठुलो चुनौती खडा गरेको छ । प्राकृतिक रुपमा आउने बाढी र पहिरोले पनि जलाधार क्षेत्रको पारिस्थितिकीय प्रणालीमा समस्याहरु पैदा गरेको छ ।

पश्चिम सेती जलाधार क्षेत्रका सबै जनप्रतिनिधीहरु विग्रदो जलाधारको अवस्था र यसले पारिरहेको असरको बारेमा जानकारी पाए पछि आफुहरुको आ“खा खुलेको बताउछन । जलाधार क्षेत्रको अवस्था र सवालहरुको बारेमा महसुस गरेका यहा“का स्थानिय सरकारहरु अहिले वातावरण मैत्रीविकास मात्रै नभएर जलिय जैविकविविधताको संरक्षणका लागिपनि सक्रिय हुन थालेका छन ।

माथीका यी समस्याहरु पश्चिम सेतीजलाधार क्षेत्रमा देखिन थालेको दशक अघी नै हो । यद्यपी देश संघियतामा गइसके पछि स्थानिय, प्रदेश र संघिय सरकारले विकासका गतिविधी(खास गरि अव्यवस्थित ग्रामिण सडक निर्माण) बढाउदा पछिल्लो चार वर्ष देखीजलाधार क्षेत्रमा यी सवालहरु पेचिलो बन्दै जान थालेका हुन । बढ्दो जनसंख्या र लेकाली क्षेत्रमा जडिबुटी संकलनका लागि जाने मानिसहरुको बढ्दो चापले पनि जलाधार क्षेत्रको स्वास्थ्य अवस्था खस्किदै गएको हो ।

चुनौतीको क्षेत्र व्यापक हुदै जलाधार क्षेत्रको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको र यस क्षेत्रका बासिन्दाहरुले दैनिक समस्याहरु भोग्नु परिरहेको अवस्थामा पनि यहा“का स्थानिय सरकार र समुदायको नजरमा यो विषय गौण जस्तै थियो । यही अवस्थामा तीनवर्ष पहिला युएसएड पानी परियोजनाले बझाङमा कार्य थालनी गर्यो ।

परियोजनामार्फत जलिय जैविकविविधता माथिका चुनौतीहरु पत्ता लगाउनका लागी स्थानिय सरकार, कर्मचारी, समुदाय र जलउपभोक्ता लगायत बहुसरोकारबालाहरु स“ग गरिएका अन्र्तक्रिया, छलफल, सर्वेक्षण र बैज्ञानिक अध्ययनले सवालहरुको पहिचान मात्रै गरेन । सबै पक्षलाई सेती जलाधारको खस्किदो वातावरणीय अवस्था र यसले भविश्यमा पार्न सक्ने नकारात्मक प्रभावको पनि दृष्टीगोचर गरायो । यो स“गै परियोजनाले जलाधार क्षेत्र भित्रै जलिय जैविकविविधता संरक्षणको सफल अभ्यास गरिरहेका र संरक्षणको क्षेत्रमा वकालत गर्दै आएका स्थानिय अगुवाहरुको पनि खोजी गर्यो ।
जनप्रतिनधी, समुदायका सदस्यहरु, कर्मचारी र अगुवाहरु पानी र यसका सहकर्मी संस्थाहरुले आयोजना गरेका विभिन्न कार्यक्रममा उपस्थित भए । जसले सबैलाई जलाधारको अवस्था र संरक्षणको महत्वमात्रै बुझाएन । पश्चिम सेती जलाधारको विग्रदै गएको अवस्थाको चित्रले झस्काइदियो पनि ।
‘हामीले हेर्दा हेर्दै नदीखोलामा पाइने माछाहरु घटे, स्वच्छ पानीफोहोर हुदै गयो तर पनीहामीले यतातिर ध्यानदिन सकेका थिएनौ’ तलकोट गाउ“पालिकाका अध्यक्ष लालबहादुर विस्ट भन्नु हुन्छ ‘मान्छे मात्रै नभएर सम्पुर्ण प्राणीको जिवन स“ग जोडिएको पानी माथी हामीले अन्याय गरिरहेका रहेछौ । पानी कार्यक्रमले हाम्रो आ“खा खोलिदियो’

पश्चिम सेती जलाधार क्षेत्रका सबै जनप्रतिनिधीहरु विग्रदो जलाधारको अवस्था र यसले पारिरहेको असरको बारेमा जानकारी पाए पछि आफुहरुको आ“खा खुलेको बताउछन । जलाधार क्षेत्रको अवस्था र सवालहरुको बारेमा महसुस गरेका यहा“का स्थानिय सरकारहरु अहिले वातावरण मैत्रीविकास मात्रै नभएर जलिय जैविकविविधताको संरक्षणका लागिपनि सक्रिय हुन थालेका छन ।

फलस्वरुप यहा“का एक नगरपालिका र चार वटा गाउ“पालिका गरी पा“च वटा स्थानिय तहले जलचर तथा जलिय जैविक विविधता संरक्षण ऐन निर्माण गरि लागु गरेका छन । नदीको निश्चित खण्ड संरक्षण, सम्बृद्धन र व्यवस्थापनको लागि समुदायलाई हस्तान्तरण गर्ने प्रावधान सहितका व्यवस्थाहरु अहिले कार्यान्वयनको चरणमा छन ।

जस अन्र्तगत २ वटा स्थानियतहमा चार वटा सामुदायिक जलचर संरक्षण समुह गठन भई समुदाय र स्थानिय सरकारको साझेदारीमा जलाधारको व्यवस्थापन कार्य सुरुवात भएको छ । नया“ गठन भएका सामुदायिक जलचर संरक्षण समुहले ऐनले दिएको अधिकार प्रयोग गर्दै अहिले आफ्नो समुदायले परम्परागत रुपमा उपभोग गर्दै आइरहेको नदी क्षेत्रको व्यवस्थापन सुरु गरेका छन ।

‘हामीले अहिले अध्याधिक माछा मार्ने काम नियन्त्रण गर्नका लागि हप्तामा दुइदिन (सोमबार र विहिबार) सेतीनदी र कचाली खोलामा माछा मार्न बन्द गरेका छौ’ जय पृथ्वीनगरपालिका वडा नं ७मा गठन भएको तमैल, कचाला, धौलाबगर जलचर संरक्षण समुहकी सचिव पुर्णिमाविकले भनिन ‘अबका दिनमा विनासकारी तरीकाले माछा मार्न नपाइने गर्ने र माछा मार्ने परम्परागत प्रविधीहरुलाई प्रर्वद्धन गर्ने तयारीमा छौ’उनले यस अघी जलिय जैविकविविधताको महत्वका बारेमा नबुझ्दा समुदायका मानिसले नै यसमा क्षती पुर्याएको बताउदै आगामी दिनमा यसको संरक्षण र व्यवस्थापनमा लाग्न प्रतिबद्ध रहेको बताईन ।

जलाधारको स्वास्थ्य अवस्थाप्रति चिन्तित बनेका यहा“ स्थानियतहहरुले यी ऐन बनाउन प्राविधीक र विषेशज्ञ सहयोगको लागिपानी परियोजनालाई अनुरोध गरेका थिए । स्थानिय सरकारको अनुरोधको आधारमा परियोजनाको विज्ञ टोलीले ऐनको खाका तयार गरेर विभिन्न समुदाय स्तरमा परामर्श गरेको थियो । समुदायबाट आएका सुझाव सल्लाह समेटिएको मस्यौदालाई जनप्रतिनिधी, कर्मचारी, समुदायका प्रतिनिधी तथा अन्य बहुसरोकारबालाहरुको विचमा दफावार छलफल गरि सके पछि सम्बन्धीत स्थानियतहको गाउ/नगर सभाबाट पारित गरिएको थियो ।

स्थानिय सरकारहरुले अहिले पारित भएको ऐन कार्यान्वयनगर्नका लागि जलिय जैविक विविधता तथा जलचर संरक्षणका क्षेत्रमा काम गर्ने योजना बनाउन थालेका छन । यसका लागि ठोस फोहोर मैला व्यवस्थापन, पानीका श्रोत संरक्षण, रिचार्ज पोखरी निर्माण गर्नका लागिनिति, कार्यक्रम तथा बजेटको तर्जुमा गरिरहेका छन ।

ऐनको मस्यौदा निर्माणदेखी कार्यान्वयनको चरणसम्म आइपुग्दा पश्चिम सेतीजलाधार क्षेत्रका स्थानिय सरकार र समुदायमा जलिय जैविक विविधताको महत्वको विषयमा ज्ञानको अभिबृद्धी भएर यसको संरक्षणको सुरुवात भएको छ । यद्यपी ऐनको प्रभावकारी कार्यान्वयनका लागि स्थानिय सरकार र समुदाय स्तरमा अझै पनि ज्ञान, आर्थीक तथा मानवविय श्रोतको कमी देखिएको छ ।

Facebook Comments