सर्लाहीमा महिलाहरुद्वारा बगरमा खेती

बारा – तराईमा पाँच लाख हेक्टरभन्दा बढी जग्गा बाढीले नष्ट पारेर वगरमा परिणत गराएको छ । यसले लाखौं किसान सुकुम्बासी भएका छन् । त्यसले उनीहरूको दैनिक जनजीवन कष्टकर बनेको छ । तर हाल तराई मधेशमा हाल बगर, ऐलानी पर्ति जग्गामा गरिने खेती यहाँका महिलाहरुका लागि राम्रो आम्दानीको स्रोत बन्दै गएको छ ।

त्यसका साथै जलवायुमा आएको परिवर्तनका कारण बेला कुबेला आउने गरेको बाढी, सुख्खा लगायतबाट पनि बच्न केही हदसम्म मदत गर्न सकिने विज्ञहरुको भनाई छ । बगरमा महिलाहरुले विभिन्न किसिमका तरकारी, फलफुल, जडिबुटी उत्पादन गर्दै आएका छन् । जसले गर्दा जग्गा समेत नभएको, खानलाई समस्या हुने, आर्थिक रुपले कमजोर भएका महिलाहरु हाल वगरमा उत्पादन गरेर बेच्ने गरेको कारण उनीहरु छोटो समयमै मनग्य आम्दानी गर्न थालेका छन् ।

सुनि कुमारी बम्जन हरीवन ८ सर्लाहीकी हुन् । हाल उनी ४३ वर्षकी छन् । उनले आफु सानो छँदा हराभरा देखिने गाउँ खेत केही वर्ष अगाडी आएको बाढीले बगाएर उजाड र सुनसान बनाएको दृश्य स्मरणले समेत पीडा दिने गरेको बताउँछन् ।

उनी भन्छिन्, ‘करीब १५ वर्ष अगाडी बाढी आयो र घरबार खेतीबारी सबै बगायो । वस्ती नजिकै नदी खोला छ, खेतीयोग्य जमिन पनि रहेन । खेतीयोग्य जमिन कटौती भएर खोला बगेको हो ।’ तर विगत २ वर्षदेखि करिब ५५ घरधुरीकी महिलाहरुले एक समुह बनाएर नदीले कटान गरेर बगरमा परिणत गरेको जग्गालाई उपयोग गरेका छन् । सुरुमा बगरमा कम पानीबाट उब्जनी हुन सक्ने खालका विरुवा, तरकारी वालीबारे बुझाईदिन एक संस्थालाई आग्रह गरियो । उसले तालिम दियो सिप सिकायो । यसरी महिलाहरुलाई वगर खेतीबारे बताएपछि महिलाहरुले बाढीबाट बचेका गाउँवस्ती जोगाउन र केही आम्दानी गर्ने उद्देश्यले थालेका छन् ।

‘सिचाईको लागि समस्या नहोस् भनेर पानी कम लाग्ने तर आम्दानी राम्रो हुने खालका बालि जस्तै भान्टा, बोडी, परवल, खरबुजा, लौकालगायतका तरकारी बालि लगाउने गरेका छौँ’, उनले भनिन् ।

उनी भन्छन्, ‘पहिले यो खेतहरु नम्बरी जग्गाहरु करीब ३० वर्ष पहिले बाढीको पानीले खोला पस्यो र बगरमा परीणत भयो । खोलाको काँस फालेर खेती गर्न थालेको हो । धान समेत फल्न सक्ने उतm जमिनमा हाल बगरमा परीणत भएपछि परवल, खरबुजा, लौका, पहिले धान, मकै रोप्ने काम गरियो । हाल परवल, भान्टा, बोडी, यसपालिको झरीले केही नोक्सान गरेपनि बगरमा खेती गरेर केही मनग्य आम्दानी गर्न सफल भईयो ।’

संरचना निर्माण गरेको कारण पनि बाढी गाउँमा पानी पस्थ्यो । हाल वृक्षारोपण र खेतीले बाढीको समस्या कम भएको महशुश भइरहेको बताउँछन् । नदीको किनारमा बगर खेती गर्दै आएका उनीहरु विदेशमा गएर दुख गर्ने भन्दा आफ्नै देशमा पनि केही गर्ने सकिने भनेर हाल उदाहरण प्रस्तुत गर्न थालेका छन् । वगर खेतीमा ताजा र राम्रो पाइने तथा सस्तो समेत भएकाले बारीमा आएर किनेर लैजाने गरेको कृषकहरुको भनाई छ ।

महिलाहरुले आर्थिक आम्दानीकै लागि विदेशीएका आफ्ना घरका युवा तथा पुरुषहरुलाई समेत यसरी नै मेहनत गरे आफ्नै देशमा रोजगारी सिर्जना हुने बताएको र फर्काउने प्रयास गरीएको बताउँछन् ।

सर्लाहीकै मुस्लिम समुदायकी ५५ वर्षिय सईरुन खातुन भिन्डी, घिरौला, झिगंनी, बदामलगायतका बाली लगाउन थालेको बताउँछिन् । उनले भनिन्, ‘नदी, खोलाको छेउमा रहेको बगरमा बाढी आएको कारण समस्या भयो तर त्यसको विकल्पको रुपमा बगरमा परीणत भएको बन्जड जग्गामा ६ महिनासम्म मेहनत गरेको फल अहिले पाईरहेका छौँ ।

‘करिब १५ वर्ष आगडी गाउँमा बाढी आयो घरबार बाढीले बगाएर लग्यो । खेतीयोग्य १५ कठ्ठा जग्गा पनि बर्वाद भयो । तर यस वर्षदेखी म खेती गर्न थालेको छु’, यो भनाई हो स्थानीय सबरुन नेशाको ।

नदीको किनारमा रहेको बन्ज , बगरमा खेती पनि गर्न सकिँन्छ भन्ने जस्तो सपना जस्तै लाग्ने तर सपना विपनामा बद्लेको र धेरै खुशी रहेको सर्लाही हरीवन वडा नम्बर ४ की मुस्लिम समुदायकी महिलाहरुले भने । बाढी आउँदा धेरै क्षति भएको सम्झिँदा गरिबलाई कहिको बाँकी नराख्ने बाढीले अझ क्षति नगरुन् भनेर खुब मिहिनत गरेको र हाल बगर र आफनो मुस्कान देखाउँदै स्थानीय तहले पनि २५ वर्षका लागि खेती गर्न अनुमती दिएकोमा धेरै खुशी रहेको सबरुन नेशाको भनाई छ ।

जहाँ जनसंख्याको बहुमत मुस्लिम, मुसहर र दलित जस्ता सीमान्तकृत समुदायहरुको छ । खातुन मुस्लिम, अशिक्षित हुन्, र उनको सम्पूर्ण जीवन घरेलु कामको रूपमा वित्ने गरेको थियो । उनका घरमा उनी बाहेक श्रीमान् र एक छोरा काम गर्नको लागि छन्, तर पढेलेखेको नभएका कारण काम कहिले राम्रो नपाएको उनी भन्छिन् । उनी भन्छिन् ‘मलाई यो बाँझो जमिनलाई खेतमा परिणत गर्न लगभग १ बर्षको श्रम लगानी गर्नुपर्यो ।’

खातुन एक मात्र व्यक्ति होइनन्, जो नदीको किनारको बगरमा परिणत जग्गालाई उपयोग गरिरहेका छन् । गत २ बर्षदेखि स्थानीय सरकार तथा विभिन्न संस्थाको सहयोगमा सर्लाही हरीवनको खोलाको लगभग २२ भन्दा बढी विगाहा बगरमा खेती सुरु भएको छ । र यस क्षेत्रका ३०० भन्दा बढी महिलाहरु खेतीमा संलग्न छन् । यी खेतहरुमा आप, तरकारी बालि, उखु, बदामलगायतका खेती गरिएको छ । यी सीमान्तकृत तथा सुकुम्बासी किसानहरुलाई पनि जीवित बनाउनको लागि र जमिनलाई अधिक उर्वर र लचिलो बनाउनको लागि महत्वपुर्ण रहेको विज्ञहरु बताउँछन् ।

सर्लाहीको हरीवन नगरपालिकाको वडा नम्बर ८ का बासिन्दाले करीब २० वर्ष पहिले ठुलो बाढीको सामना गर्नुपर्यो । उतm बाढीमा उतm वडाका धेरै जसो स्थानीयको खेतीपाती हुने जमिनलगायत बास बस्ने घर समेत बगाएको घटना स्मरण गर्दै स्थानीय ६५ वर्षिय मंगली माया दोग आफुले १५ वर्षको हुँदा उतm अवस्थामा बाढीको भयानक रुप देखेको अनुभव सुनाउँछिन् ।

उनले वस्ती नजिकै रहेको स्थानमा विभिन्न संरचना निर्माण गर्दा खोलाको धार परिपर्तन भई गाउँनै बगाएको र खेतीयोग्य जग्गा बगरमा परीणत भएको दुखेसो पोखिन् । उनले आफनो मात्रै १२ कठ्ठा जग्गा बगरमा परीणत भएको र घर पनि बगेपछि वर्षाै वर्ष सम्म पीडा खेपेर अर्काको घरमा काम गरेर ज्याला मजदुरी गरेर र घरका पुरुषहरु वर्षाैसम्म घर बाहिर देश बाहिर गएर कमाएर ल्याउनुपरेको बताउँछिन् ।

उनी भन्छिन्, ‘परिवारमा ८ जना छन् । हात मुख जोर्न समस्या हुने र जति कमाएपनि पेटभरी खान वा लाउन पनि समस्या हुने अवस्था थियो । तर हाल ५ कठ्ठा जति बगरको जग्गामा खेती गरेको छु । तर तटबन्ध पनि राम्रो नभएको कारण बालि लाने हो की तनाव खेप्नुपेरको चाही छ । खोला छेउमा वृक्षारोपण गर्ने कार्यदेखि खाली भएको आलीमा वृक्षारोपण गरिरहेका छौँ । जसकारण बाढी आउने समस्या पनि धेरै मात्रामा कम भएको अनुभव भएको छ । वर्षेभरी बाली लगाउन पाइने तर सतर्कता भन्ने अपनाउनुपर्ने समय अझ पनि छ । वर्षको चैत्र र बैशाखमा मात्रै खेती नहुने गरेको तर वर्षभरी नै खेती गरिरहेको कारण आम्दानीको श्रोतसंगै जलवायु परिवर्तनका कारण भएको समस्या निराकरणमा पनि सहयोग मिलेको जस्तो लाग्छ ।

४६ वर्षिय निर्मला घलान वगरमा के गर्न सकिन्छ र झन् महिलाहरुले के नै गर्न सक्छन् र भन्ने मानसिकतालाई चुनौती दिँदै बगरमा खेती सुरु गरेका छौं भन्छिन् तर उनले विगत सम्झिँदै बगरको जग्गालाई खेतीयोग्य बनाउन भने अहोरात्र महिनौको मेहनतले फल पाउन सफल भएको बताईन् ।

उनले थप्दै भनिन्, ‘अब भएका जग्गा ,जमिन र घर बाढीले बगाएपछि घरव्यवहार चलाउन श्रीमान् विदेश गएको ५ वर्ष भयो । घरमा बस्नुभन्दा श्रीमान्लाई विदेशबाट फर्काउन र गाउँ बस्ती जोगाउन र आफु पनि बाच्न आधारको रुपमा बगरमा खेती सुरु गरेको हो ।’ पुरुषहरु विदेश अनि महिलाहरु गाउँघरमा यतिकै समय विताउनु भन्दा र बाढीको चपेटाबाट जोगिन आफैंले पनि केही गर्नुपर्छ भन्ने भन्दा केही गरेर देखाउने उद्देश्यले अगाडी बढेको र यसका साथै उनीहरुले बगरबाट हुने उत्पादनबाट बचत समेत गर्ने गरेका छन् ।

शान्ति मोतmान भन्छिन्, ‘स्थानीय तहले कुनै पनि निकायले ध्यान नदिएको बस्ती हो यो । अशिक्षाका कारण जागिर खान नपाउने र विभिन्न क्षेत्रमा समेत केही जानकारी नहुने गरेकोले महिलाहरु आफ्नै मिहिनतले बगर खेती गरिरहेका छन् । चक्लाबन्दी खेतीहरु पनि गरेका छन् । उनीहरुले सामुहिक खेती योजनाका साथ अगाडी बढेको बताएका छन् ।’

तरकारी भण्डारण केन्द्र समेत राखेर कार्य गरिँदै आएकोले तरकारी बेच्ने समस्या बजारको समस्या नभएको उनीहरु बताउँछन् । तरकारी काठमाडौं, चितवन तथा स्थानीय बजारलगायतको स्थानमा जाने गरेको र राम्रो मुल्यमा विक्री हुने गरेको उनीहरु भन्छन् ।

खासगरी पिछडिएका दलित, मुस्लिम, जनजाती समुदायका महिलाहरुले नदीले वगरमा परिणत भएको २ सय भन्दा बढी हेक्टरको खेतीयोग्य जग्गलाई उपयोग गर्दै तरकारी, फलफुल, जडीबुटीलगायत बालि लगाउनुका साथै विभिन्न प्रजातिका बोटविरुवा वृक्षारोपण गरेर वातावरण स्वच्छ बनाउन मदत गरेका छन् । साथै जलवायु परिवर्तनबाट आएका समस्यामा पनि अनुकुलताबारे राम्रो विकल्प खोजेको विज्ञहरु बताउँछन् । विभिन्न प्रजातिका बोटविरुवा रोप्दै अरुलाई पनि यसको संरक्षणमा लाग्न प्रेरित गरेका छन् ।

बाढीले सबै सपना बगाएपछि विगत वर्षाैदेखी घरका पुरुषहरुलगायत महिलाहरु ढुगा फोड्ने वा मजदुरी गर्ने तथा गिट्टी बालुवा नै नदिबाट खनेर विक्री गर्दै आएपनि वगरमा पनि गरिएको मिहिनतले फल दिन थालेपछि हाल धेरै खुशी रहेको अनुभव सुनाउँछन् । खोलाबाट गिटट्टी बालुवा निकाले बेच्ने काम समेत केही स्थानीयले गर्दै आएकोमा हाल बगर खेतीले उतm उत्खनन् कार्यमा समेत कमी ल्याएको सामाजिक अगुवाको दाबी छ । बगर खेती गरिबको लागि वरदान सावित भएको र वातावरणलाई पनि जोगाउन मदत गरेको स्थानीय सामाजिक अगुवा राम प्रसाद बताउँछन् ।

महिलाहरु भन्छन्, खासगरी महिलाहरु बगरमा खेती मात्रै होइन की पानीलाई सोस्न सक्ने र वृक्षारोपण मात्रै होईन यसको सरक्षणमा पनि लागि परेका छौँ । ठुलो नदीको रुपमा रहेको लखनदेखी खोलाले वर्षेनी समस्या गर्ने गरेको छ ।

महिलाहरुलाई बन्जड जग्गामा खेती गर्न प्रोत्साहन गर्न मदत गरेकी हिमवन्ती नेपाल तथा रिकफ्ट नेपालकी प्रतीनिधीको रुपमा रहेकी तथा सामाजिक अगुवा रमा पौडल भन्छिन्, ‘आज भन्दा ३० वर्ष अगाडी उर्वर भुमीलाई बन्जर बनायो । बन्जड जग्गामा गाई भैंसी चराउने थलो र बगरमा काँस मात्रै थियो । अरु समय त गाउँ चुरे क्षेत्रमा रहेको कारण गिट्टी बालुवा ढुंगामा काम गर्ने मात्रै हुन्थ्यो । तर बाढीले उब्जाएको समस्यामा पनि महिलाहरुले मिहिनेत गर्न सिके । बाढीका कारण सुकुम्बासी बनेका यस्ता २ सय भन्दा बढी परिवारले यो काम सुरु गरे । सबैले बाडेर बगरका केही केही कठ्ठा जग्गा लिएर खेती गर्न थाले । वृक्षारोपण गर्न थाले ।’

पहिला हिड्नुस् न काम गर्न भनेपछि १५ जनाको परिवार पाल्न बन्जड जग्गाले के मदत मिल्ला भनेर विश्वास नलाग्ने भनेर स्थानीयहरु गिट्टी कुट्न जाँदा दिनको १ हजार रुपैयाँ पाउने गरेको बताउने गरेका थिए । पछि केहीले तरकारी बालि लगाएको र आम्दानी गरेको देखेपछि आकर्षण बढेका छन् ।

खोलालाई संरक्षण गर्ने उद्देश्यले पनि यो कार्यलाई नगरपालिकाले पनि चासो साथ हेरेको छ । जिवीकोपार्जनका लागि सहयोग हुने खालको बोटविरुवा बारे प्राविधिकसंग बुझेर कार्य थालियो । २५ वर्षका लागि स्थानीय तहले वृक्षारोपण गर्ने उद्देश्यले काम भएको तथा प्रत्येकले ६ कठ्ठा जमिन पाएको र त्यसमा सामाजिक हैसियत र बदलाव निकै राम्रो ल्याएको अनुभव छ रमा पौडेलको ।

वर्षाैदेखि खाली रहने गरेको जग्गा महिलाहरुले त्यसरी प्रयोग गरी आम्दानी लिन थालेपछि अन्य महिलाहरु पनि उत्साहित भएको देखिन्छ । नदीको छेउमा बोटविरुवा लगाउन थालेपछि महिलाहरुले घर व्यवहारसंगै रोजगार गर्न पाएको अनुभुत हुने गरेको र जग्गा जमिन घर केही नभएपनि केही गर्न सकिन्छ भन्ने हौसला बढेको बताउँछन् ।

सर्लाही हरीवन नपाकी उपप्रमुख रेनुका पौडेलले बगर खेतीमा स्थानीय तहले पनि चासो राखेर काम गरेको बताइन् । स्थानीय महिलाहरुले बहु आयामिक खेती तथा वृक्षरोपण गर्ने उद्देश्यले अगाडी बढेपछि २५ वर्षका लागि गरिखान दिएको उनले बताइन् । उनका अनुसार तीन वटा वडामा गरी करिब २२ विगाहा जग्गामा महिलाहरुले समुह बनाएर खेती गरिरहेका छन् । करिब ३ सय जति महिलाहरु हाल जोडिएका छन् । आत्मनिर्भर बन्न पाएकोमा खुशी छन् । खोलाले बगाएको जग्गामा खेती गर्नु तत्पर छन् भनेर स्थानीय तहले पनि वातावरण तथा जलवायु परिवर्तनको दृष्टिकोणले पनि प्रयास गरिदिएको उनले बताइन् ।

बाढीले वर्षेनी समस्या निम्त्याउने गरेको छ तर खोलाको किनारमा यसरी वृक्षारोपण गर्न थालेपछि बाढीको समस्या कम भएको र गरिब किसानहरुलाई केही राहत भएको उपप्रमुख पौडेल बताउँछन् ।

प्रदेश २ का सर्लाही लगायतका ८ वटै जिल्लामा बाढी एक वार्षिक घटना हो । नदी किनारमा खेती गर्नु किसानहरुलाई आर्थिक लचीलोपन बनाउनमा मदत गरेको तर जलवायु परिवर्तनको प्रभावको लागि भने एक दीर्घकालीन समाधान प्रदान गर्न कठीनाई रहेको विज्ञहरुको भनाई हो । किसानहरु अझैपनि प्राकृतिक प्रकोपको उच्च जोखिममा छन् ।

वर्षौंदेखि, बाढी फेरि दोहोरिन थालेपछि नदीले यसको किनारमा काट्न थाल्यो र आज यसको आकार लगभग तीन गुणा सम्म विस्तार भएको छ, स्थानीयहरु भन्छन्।

नेपालमा विपदको तथ्यांक र अवस्था
नेपालको विपद् रिपोर्ट २०१७ अनुसार भनिएको छ ‘नेपालको कुल जनसंख्याको ८० प्रतीशत भन्दा बढी प्राकृतिक खतराहरु जस्तै बाढी, पहिरो, हावाहुरी, असिना, आगो, भूकम्प लगायतबाट जोखिममा छन् ।’ रिपोर्टमा यो पनि भनिएको छ कि विगत ४५ बर्षको तथ्याङ्कले संकेत गर्दछ कि विपदहरु प्रत्येक बर्ष बढ्दै गइरहेको छ ।

पर्यावरणविद्हरु तथा विज्ञको भनाइ
पर्यावरणविद्हरु तराईको बाढीको धेरै कारण चुरे पहाडमा वन कटाई रहेको बताउँछन्। । नाजुक चुरे पहाडको वन कटाईले मौसमी नदीहरुमा भार बढेको, जसका कारण पानी परेपछि तराईमा बहाव बढेको एकीकृत माउन्टेन इन्टरनेशनल सेन्टर फर रिभर बेसिन एण्ड क्रायोस्फीयर क्षेत्रीय कार्यक्रमका वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ अरुण भक्त श्रेष्ठले बताए । तर देशभरि देखिएको अत्यधिक वर्षा पनि अर्को कारण रहेको उनको भनाई छ ।

तथ्यांक विश्लेषण गर्ने सरकारको जल, विज्ञान तथा मौसम विज्ञान विभागको एक रिपोर्टअनुसार सर्लाहीमा वर्षाको स्तरमा उल्लेखनीय बृद्धि भएको चार जिल्लाहरु मध्ये एक हो । पर्यावरण विद्हरुका अनुसार वर्षामा यो घटना जलवायु परिवर्तनकै परिणाम हो, जसले विश्व भरमा नै अधिक चरम मौसम घटनाहरु भइरहेका छन् । वातावरणीय ह्रास र जलवायु परिवर्तन दुबैसंग अन्तरक्रिया र प्राकृतिक खतरा घटनाहरुको घटना र प्रभावलाई बढाउने कार्य भएको विज्ञहरुको भनाई छ ।

ज्लवायु परिवर्तनमा पानी सम्बन्धी विज्ञ डाक्टर राजन थापाका अनुसार चुरे क्षेत्रको दोहन र अस्वभाविक भौतिक संरचना निर्माणका कारण जलवायुमा परिवर्तन आई एकैपटक धेरै पानी पर्ने र उतm पानी जमिन मुनि नगई सिधा खोला भएर बग्ने गरेको कारण बाढी, कटान र डुवानको समस्या बढेको हो । यसरी बगरमा वृक्षारोपण गरिनु वातावरण तथा जलवायु परिवर्तनका कारण आएको समस्यामा अनुकुलताको कार्यमा सकारात्मक प्रयास भन्न सकिने उनको धारणा छ ।

ग्लोबल क्लाइमेट रिस्क इन्डेक्स २०२१का अनुसार विश्वव्यापी जलवायु जोखिमको हिसाबले नेपाल हाल १० औं स्थानमा छ । जलवायु परिवर्तनको चपेटामा प्रायः ती मानिसहरु पर्दछन् जो केवल आफ्नो वरपरका प्राकृतिक स्रोतहरुमा निर्भर हुन्छन्, जस्तै सर्लाहीका, महोत्तरीका मानिसहरु । तर विशेष गरी महिलाहरु जो गाउँहरुमा रहन्छन् र आफ्नो परिवारको हेरचाह गर्छन उनीहरुलाई अझ धेरै जोखीम रहेको छ ।

नदीहरु नजिक बस्ने र खेती गर्ने मानिसहरु जोखिमकै चपेटामा बाँच्न बाध्य छन् । यी अत्याधिक आर्थिक रूपले कमजोर व्यक्तिहरु वास्तवमा सरकारको प्राथमिकतामा पनि नपर्ने गरेको उनीहरुको दुखेसो पोख्छन् । जलवायु परिवर्तनको प्रभावको चपेटामा उनीहरु नै बढी पर्ने पछि पनि निश्चित रहेको विज्ञहरुको चेतावनी पनि छ ।

जल विज्ञान विभागको रिपोर्ट, तथ्यांक र अनुसन्धानबाट के देखाउँछ की नेपालमा पनि तापमानमा वृद्धि भइरहेको र उच्चतम महत्वपूर्ण सकारात्मक प्रवृत्ति (प्रति वर्ष ०.०३१ डिग्री सेल्सियस) सर्लाहीमा पनि रहेको देखिन्छ ।

खातुन र दोगं जस्ता सयौँ महिला किसानहरुले विभिन्न नगदी बाली जस्तै भान्टा, भिंडी, गोलभेडा, टमाटर, र लौका लगाएका छन् । बेचेर सिजनअनुसार ३० हजार भन्दा बढी आम्दानी गर्न सफल भएका छन् । जग्गा फेरि नदीले कटान नगरोस् भन्ने उद्देश्यले स्थानीय सरकारले तटबन्ध निर्माण गरिरहेछन् । र नदीको छेउमा तरकारीवालीसंगै रूख विरुवा पनि लगाउन थालेका छन् ।

विज्ञहरुका अनुसार नेपाललगायत विश्वभरि धेरै क्षेत्रहरुमा नदी किनारमा खेतीको अभ्यास भैरहेको छ र यो खासगरी आर्थिक अवस्था न्युन भएका समुदायका लागि आयको एक श्रोत पनि बनेको छ । तर यो सबैभन्दा दिगो अभ्यास पक्कै होइन । उनीहरुका अनुसार नदीले प्रत्येक बर्ष आफ्नो मार्ग परिवर्तन गर्न सक्छ र नदीको छेउमा खेतहरु हुनुको मतलब किसानहरु सधैं अनियमित हुनु पनि हुन सक्ने हुँदा पानी विना उव्जाउ भएपनि बाढीको बेला बढी पानी सोस्न सकिने खालका वृक्षारोपण हुन आवश्यक छ ।

साभार : नेपाली पब्लिक

Facebook Comments